14.6 C
Birgunj
18 January 2025
KALIKATIMES.COM

जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी युनिट युवा क्लबलाई

वीरगंज । वीरगंजमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको  उपाधी युनिट युवा क्लब श्रीसियाले उचालेको छ । पर्सा जिल्ला फुटबल संघको आयोजनामा भएको  प्रतियोगितामा भेट्रान्स सिटि क्लब वीरगंजलाई युनिट युवा क्लबले ३-२ गोलअन्तरले पराजित गरेको हो ।

आदर्शनगर खेल मैदान भएको फाइनल खेलमा खेलको ८ औं मिनेटमा भेट्रान्स सिटि क्लबका रवि चौधरीले पहिलो गोल गरे । सुरु देखि रोमाञ्चक बनेको खेलमा भेट्रान्स सिटि क्लबका खेलाडीले आफैले आत्मघाती गोल गरेर बराबरीमा पुर्याए । युनिट युवा क्लबका खेलाडी २५ औं मिनेटमा सुनिल गुरुङले आफ्नो टिमको लागि दोस्रो गोल गरेका थिए ।

दोस्रो गोल गरेको युनिटी युवा क्लबले खेलको २६ औं मिनेटमा दोस्रो गोल खाएको थियाे । उक्त गोल भेट्रान्स सिटि क्लबका रवि चौधरीले गरे । दुई-दुई गोलको बराबरीमा पुगेको खेलमा २९ औं मिनेटम युनिटी युवा क्लबका रेमन डंगोलले गरे । 

शनिबारकाे खेलमा म्यान अफ दि म्याद युनिटि युवा क्लबका रेमन डंगोलले घोषित भए । लिगका विजेता र उपविजेता टिमले शिल्ड, मेडल र प्रमाणपत्र पाएका थिए ।

पर्सा जिल्ला फुटबल संघ पर्साका अध्यक्ष रोसन कलवारको अध्यक्षता भएको समापन कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह,  अखिल नेपाल फुटबल संघ मधेस प्रदेशका महासचिव दिपक साह, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बन्जारा, नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव, भेट्रान सिटि क्लब वीरगंजका अध्यक्ष सबिन बस्नेत, उपाध्यक्ष सागर राणा लगायतकाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण पर्सा जिल्ला फुटबल संघका महासचिव बिनोद परियारले गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष पंकज श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

लिटिल एन्जेल्समा अन्तर हाउस क्रिकेट प्रतियोगिता सम्पन्न

कालिका टाईम्स

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने आरिफ र आशिफ नगदसहित सम्मानित

कालिका टाईम्स

सुदुरपश्चिमलाई हराउँदै जनकपुरले जित्यो एनपिएलको उपाधि

कालिका टाईम्स
SQL requests:215. Generation time:2.654 sec. Memory consumption:81.53 mb