16.9 C
Birgunj
8 February 2025
KALIKATIMES.COM

प्रहरी चाैकी इनर्वाकाे कार्यक्रममा १३१ जनाद्वारा रक्तदान

वीरगंज । नेपालको मुख्य प्रवेशद्वार शंकराचार्यद्वारमा शनिबार “रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । प्रहरी चौकी ईनर्वाको आयोजनामा भएकाे कार्यक्रममा २ महिला सहित १३१ जनाले रक्तदान गरेकाे रेडक्रसका राजन श्रीवास्तवले जानकारी दिए ।
 
प्रहरी चौकी ईनर्वाका ईन्चार्ज प्रहरी नायब निरिक्षक (सई) तेजप्रताप सिंहको अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रमकाे उद्घाटन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक (एसपी) कुमाेध ढुंगेलले गरेका थिए । साे कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दिपक भारती, संचारकर्मी राकेश साह गोंढ, रामप्रवेश साह कानु, भगवान कुर्मी, उमेश लामा, राजेश दुवे, अलि अख्तर, हरिमोहन रौनियार लगायतकाले रक्तदान गरेका थिए ।
 
गर्मीको समयमा रक्तदान कार्यक्रममा कमि देखिएकोले अस्पतालमा उपचार गराउन आउने बिरामी ब्यक्तिहरुलाई सहयोगको भावना राखेर खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएकाे सई सिंहले वताए । आफु जहाँ गएपनि मानविय सेवा अन्तर्गत रक्तदान कार्यक्रम गर्दै आएकाे सई सिंहले वताए ।
 
पर्साका प्रहरी उपरिक्षक कुमोद ढुंगेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पर्साका प्रहरी नायव उपरिक्षक केशर न्यौपाने, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक पुष्कर वोगटी, वडा नम्बर २ का वडाध्यक्ष महमद रेयाज, वडा नम्बर १६ का वडाध्यक्ष प्रशुराम चौरसिया, रक्त संचार केन्द्र वीरगंजका मनिष कुमार साह लगायतको उपस्थिती रहेकाे थियो ।
 
सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया, वीरगंज २ काे वडा कार्यालय र वीरगंज १६ काे वडा कार्यालयकाे सहयाेगमा रक्तदान कार्यक्रम भएकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

१२५ बर्ष पुरानो डकह्याम्सको आधिकारिक बिक्रेता वीरगंजमा

कालिका टाईम्स

छिपहरमाईकाे टिहुकीमा निशुल्क आँखा शिविर सम्पन्न, ३१५ जनाकाे चेकजाँच

कालिका टाईम्स

जनमत पार्टीकाे १४ औं आँखा शिविर सम्पन्न, हाल सम्म १७ सय लाभान्वित

कालिका टाईम्स
SQL requests:210. Generation time:5.081 sec. Memory consumption:82.49 mb