33.1 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

चुनौतीका बाबजुद पनि नेपालले स्वास्थ्य क्षेत्रमा प्रगति गरेको छ : स्वास्थ्य मन्त्री यादव

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले जेनेभामा भइरहेको ७७ औँ विश्व स्वास्थ्य सम्मेलनमा सम्बोधन गर्नुभएको छ । 

मङ्गलवार युरोपेली देश स्विजरल्याण्डस्थित जेनेभामा आयोजना गरिएको कार्यक्रमलाई नेपाल सरकारको प्रतिनिधिका रूपमा सम्बोधन गर्नुहुँदै मन्त्री यादवले नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउँदै नागरिकको स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको जानकारी दिए ।

उनले भने ‘धेरै चुनौतीका बाबजुद पनि नेपालले स्वास्थ्य क्षेत्रमा प्रगति गरेको छ । कोभिड महामारीले सिकाएको पाठपछि हामी नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय एजेन्सीहरू र संस्थाहरूसँग मिलेर काम गर्न प्रतिबद्ध छौँ,’ ।

डब्ल्यूएचओको केन्द्रीय कार्यालयले आयोजना गरेको स्वास्थ्य सम्मेलनमा मन्त्री यादवले डब्ल्यूएचओले विगत सात दशकदेखि विश्वभरका करोडौँ मानिसहरूको जीवन बचाउन गरिरहेको सेवाका लागि धन्यवाद दिनुहुँदै नेपालको स्वास्थ्यका विषयमा बोल्नु भएको हो ।

‘म विश्व स्वास्थ्य सङ्गठन, डाक्टर टेड्रोस र कर्मचारी सदस्यहरूलाई विगत ७६ वर्षदेखि विश्वभरका मानिसहरूको जीवन बचाउन समर्पित सेवाको लागि धन्यवाद दिन चाहन्छु, सम्बोधनका क्रममा मन्त्री यादवले भने ।

सम्मेलनमा मन्त्री यादवले कोभिड महामारीबाट धेरै पाठ सिकेको भन्दै नेपालमा थप बलियो स्वास्थ्य सेवा सुविधाहरू राख्न र स्वास्थ्य आपत्कालीन र भविष्यको महामारीको सामना गर्न राम्रोसँग काम अगाडि बढाइरहेको पनि जानकारी दिए ।

नेपालले स्वास्थ्यलाई संविधानबाट नै मौलिक हकका रूपमा सुनिश्चित गरेको जानकारी दिँदै नेपाली जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले वताए । नेपालले पछिल्लो दुई दशकमा मातृ र बालबालिकाको स्वास्थ्यसँगै औसत आयुको क्षेत्रमा उल्लेख्य प्रगति गरेको जानकारी दिदै मन्त्री यादवले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै काम अगाडि बढाइरहेको बताए । 

कार्यक्रममा मन्त्री यादवले स्वास्थ्यको समग्र नतिजामा सामान्य रूपमा प्रगति भएता पनि समाजका सबै क्षेत्रहरूमा एकरूपता नभएकाले त्यसतर्फ सचेत रहँदै काम गर्नुपर्ने जानकारी दिए । ‘स्वास्थ्यका क्षेत्रमा सामान्य रूपमा प्रगति भएका छन् । तर समाजका सबै क्षेत्रमा भने एकरूपता छैन । त्यहाँ खाडल र चुनौतीहरू छन्,’ सम्बोधनका क्रममा मन्त्री यादवले भने, ‘विशेष गरी सहभागितामूलक खाडलहरू र खोप लगायत स्वास्थ्यको पहुँचका क्षेत्रमा चुनौतीहरू अझै छन् । तर हामी सहभागितालाई केन्द्रमा राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहसँगै पहुँच बढाउन काम जारी राख्छौँ ।’

उहाँले जलवायु परिवर्तन, कोभिड-१९ महामारी र द्रुत सहरीकरणका प्रभावहरूले जनस्वास्थ्यप्रतिको दृष्टिकोणलाई पुनः अवलोकन गर्न बाध्य बनाएको पनि जिकिर गर्नुभयो ।

त्यस्तै उहाँले नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउन र महामारी रोकथाम, तयारी र प्रतिक्रियाको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको कुरामा पनि जोड दिनुभयो । ‘हामीलाई बलियो र समतामूलक स्वास्थ्य प्रणाली निर्माणका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरू आवश्यक छ । यसका साथै महामारी रोकथाम, तयारी र प्रतिक्रियाका लागि पनि अन्तर्राष्ट्रिय उपकरण लगायतका अन्य साथ र सहयोगहरू चाहिन्छ ।’

मन्त्री यादवले स्वास्थ्य क्षेत्रमा सर्वव्यापी पहुँच प्राप्त गर्न र दिगो विकास लक्ष्यहरू पूरा गर्न स्थानीय आवश्यकताहरूलाई सम्बोधन गर्न आवश्यक रहेको कुरामा पनि जोड दिनुभयो । ‘नेपालमा “स्वास्थ्यका लागि सबै, सबैका लागि स्वास्थ्य”लाई वास्तविकता बनाउन हामीलाई विश्व स्वास्थ्य सङ्गठन र अन्य अन्तर्राष्ट्रिय साझेदारहरू चाहिन्छ,“ मन्त्री यादवले भन्नुभयो ।

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले जेनेभामा भइरहेको ७७ औँ विश्व स्वास्थ्य सम्मेलनमा सम्बोधन गर्नुभएको छ । 

मङ्गलवार युरोपेली देश स्विजरल्याण्डस्थित जेनेभामा आयोजना गरिएको कार्यक्रमलाई नेपाल सरकारको प्रतिनिधिका रूपमा सम्बोधन गर्नुहुँदै मन्त्री यादवले नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउँदै नागरिकको स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो ।

‘धेरै चुनौतीका बाबजुद पनि नेपालले स्वास्थ्य क्षेत्रमा प्रगति गरेको छ । कोभिड महामारीले सिकाएको पाठपछि हामी नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय एजेन्सीहरू र संस्थाहरूसँग मिलेर काम गर्न प्रतिबद्ध छौँ,’ मन्त्री यादवले भन्नुभयो ।

डब्ल्यूएचओको केन्द्रीय कार्यालयले आयोजना गरेको स्वास्थ्य सम्मेलनमा मन्त्री यादवले डब्ल्यूएचओले विगत सात दशकदेखि विश्वभरका करोडौँ मानिसहरूको जीवन बचाउन गरिरहेको सेवाका लागि धन्यवाद दिनुहुँदै नेपालको स्वास्थ्यका विषयमा बोल्नु भएको हो ।

‘म विश्व स्वास्थ्य सङ्गठन, डाक्टर टेड्रोस र कर्मचारी सदस्यहरूलाई विगत ७६ वर्षदेखि विश्वभरका मानिसहरूको जीवन बचाउन समर्पित सेवाको लागि धन्यवाद दिन चाहन्छु, सम्बोधनका क्रममा मन्त्री यादवले भन्नुभयो ।

सम्मेलनमा मन्त्री यादवले कोभिड महामारीबाट धेरै पाठ सिकेको भन्दै नेपालमा थप बलियो स्वास्थ्य सेवा सुविधाहरू राख्न र स्वास्थ्य आपत्कालीन र भविष्यको महामारीको सामना गर्न राम्रोसँग काम अगाडि बढाइरहेको पनि जानकारी दिनुभयो ।

नेपालले स्वास्थ्यलाई संविधानबाट नै मौलिक हकका रूपमा सुनिश्चित गरेको जानकारी दिँदै नेपाली जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो । नेपालले पछिल्लो दुई दशकमा मातृ र बालबालिकाको स्वास्थ्यसँगै औसत आयुको क्षेत्रमा उल्लेख्य प्रगति गरेको जानकारी दिनुहुँदै मन्त्री यादवले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै काम अगाडि बढाइरहेको बताउनुभयो । 

कार्यक्रममा मन्त्री यादवले स्वास्थ्यको समग्र नतिजामा सामान्य रूपमा प्रगति भएता पनि समाजका सबै क्षेत्रहरूमा एकरूपता नभएकाले त्यसतर्फ सचेत रहँदै काम गर्नुपर्ने जानकारी दिनुभयो । ‘स्वास्थ्यका क्षेत्रमा सामान्य रूपमा प्रगति भएका छन् । तर समाजका सबै क्षेत्रमा भने एकरूपता छैन । त्यहाँ खाडल र चुनौतीहरू छन्,’ सम्बोधनका क्रममा मन्त्री यादवले भन्नुभयो, ‘विशेष गरी सहभागितामूलक खाडलहरू र खोप लगायत स्वास्थ्यको पहुँचका क्षेत्रमा चुनौतीहरू अझै छन् । तर हामी सहभागितालाई केन्द्रमा राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहसँगै पहुँच बढाउन काम जारी राख्छौँ ।’

उहाँले जलवायु परिवर्तन, कोभिड-१९ महामारी र द्रुत सहरीकरणका प्रभावहरूले जनस्वास्थ्यप्रतिको दृष्टिकोणलाई पुनः अवलोकन गर्न बाध्य बनाएको पनि जिकिर गर्नुभयो ।

त्यस्तै उहाँले नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउन र महामारी रोकथाम, तयारी र प्रतिक्रियाको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको कुरामा पनि जोड दिनुभयो । ‘हामीलाई बलियो र समतामूलक स्वास्थ्य प्रणाली निर्माणका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरू आवश्यक छ । यसका साथै महामारी रोकथाम, तयारी र प्रतिक्रियाका लागि पनि अन्तर्राष्ट्रिय उपकरण लगायतका अन्य साथ र सहयोगहरू चाहिन्छ ।’

मन्त्री यादवले स्वास्थ्य क्षेत्रमा सर्वव्यापी पहुँच प्राप्त गर्न र दिगो विकास लक्ष्यहरू पूरा गर्न स्थानीय आवश्यकताहरूलाई सम्बोधन गर्न आवश्यक रहेको कुरामा पनि जोड दिए । ‘नेपालमा “स्वास्थ्यका लागि सबै, सबैका लागि स्वास्थ्य”लाई वास्तविकता बनाउन हामीलाई विश्व स्वास्थ्य सङ्गठन र अन्य अन्तर्राष्ट्रिय साझेदारहरू चाहिन्छ,“ मन्त्री यादवले भने ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:6.598 sec. Memory consumption:82.5 mb