20 March 2025
KALIKATIMES.COM

वीरगंजमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

वीरगंजमा । वीरगंजमा शनिबारदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ ।

पर्सा जिल्ला फुटबल संघको आयोजनामा जिल्लामा रहेको क्लबहरुको सहभागिता उक्त प्रतियोगिता सुरु भएको हो ।

आदर्शनगर खेल मैदानमा भएको उदघाटन खेलमा युवा स्पोर्ट्स क्लब र युनिटी युवा क्लब बीचको बराबरी भएको थियो ।

खेलको निर्धारित समयमा दुबै टिम बिना गोल बराबरी खेलेका हुन । शनिबार भएको खेलको म्यान अफ दि म्याच युवा स्पोर्ट्स क्लबका गोलकिपर सावन कुमार भए ।

अगामी जेठ २६ गते सम्म चल्ने प्रतियोगितामा जिल्लाका १३ वटा क्लब सहभागी हुने आयोजक क्लबका महासचिव विनोद परीयारले जानकारी दिए ।

भोलिको खेल सगरमाथा युवा क्लब र शक्ति युवा क्लब बीच हुने महासचिव परीयारले बताए ।

प्रतियोगिताको उदघाटन अखिल नेपाल फुटबल संघका केन्द्रिय महासचिव किरण राईले गरेका थिए ।

खेल उदघाटन कार्यक्रममा सम्बोधन गर्दै उनले अब संघको राजनीतिलाई एउटा डालोमा राखेर खेलकुद प्रतियोगिता निरन्तर अगाडि बढाउने बताए ।

यस्तै अखिल नेपाल फुटबल संघ मधेस प्रदेशका अध्यक्ष नेपाल कार्कीले पनि केही समय देखि रोकिएको सबै प्रतियोगिता अब सुरु हुन लागेको बताए ।

पर्सा जिल्ला फुटबल संघ पर्साका अध्यक्ष रोसन कलवारको अध्यक्षता भएको उदघाटन कार्यक्रममा अखिल नेपाल फुटबल संघ मधेस प्रदेशका महासचिव दिपक साह, नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव, भेट्रान सिटि क्लब वीरगंजका अध्यक्ष सबिन बस्नेत, वरिष्ठ उपाध्यक्ष रोसन श्रेष्ठ लगायतकाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण पर्सा जिल्ला फुटबल संघका महासचिव बिनोद परियारले गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष पंकज श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवादका कारण ठाकुर रामकाे मतगणना स्थगित, क्याम्पस प्रशासनले धाधली गरेकाे भन्दै विराेध प्रदर्शन

कालिका टाईम्स

पर्सामा पहिलाे दिन अंग्रेजी विषयकाे एसईई परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

कालिका टाईम्स

ठाकुर राम स्ववियु निर्वाचनकाे मतगणना जारी, राज कुमार यादव अगाडी

कालिका टाईम्स
SQL requests:215. Generation time:4.262 sec. Memory consumption:82.46 mb