20 March 2025
KALIKATIMES.COM

बीवाईडी कम्पनीको गाडी खरिद गर्न सिटिजन्स बैङ्कले फाइनान्सिङ सुविधा उपलब्ध गराउने

वीरगंज । बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडद्वारा उत्पादित सवारी साधन खरिद गर्ने ग्राहकका लागि सिटिजन्स बैङ्क लिमिटेडले फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको छ ।

नीरज अटोमोबाइल्स प्रालिले सिटिजन्स बैङ्क लिमिटेडसँग बीवाईडी कम्पनीका सवारी साधन खरिद गर्ने ग्राहकका लागि फाइनान्सिङ सुविधा उपलब्ध गराउने सम्झौता गरेको हो । नीरज अटोमोबाइल्स प्रालि बीवाईडी कम्पनीको सवारी साधनको आधिकारिक विक्रेता कम्पनी हो ।

सोमबार भएको सम्झौता पत्रमा नीरज अटोमोबाइल्सको तर्फबाट सञ्चालक आकाश सर्राफ र सिटिजन्स बैङ्कको तर्फबाट मधेस प्रदेशका पीएम नितेश खड्कीले हस्ताक्षर गरेका छन् ।

नीरज अटोमोबाइल्सले सिटिजन्स बैङ्कसँग बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडद्वारा उत्पादित विभिन्न मोडेलको विद्युतीय गाडीको फाइनान्सिङ सुविधाका लागि सम्झौता गरेको जनाएको छ । सम्झौताअनुसार ग्राहकले सिटिजन्स बैङ्क मार्फत बीवाईडी कम्पनीको गाडी खरिद गर्दा फाइनान्सिङ सुविधा प्राप्त गर्ने छन् ।

सिटिजन्स बैङ्कले न्यूनतममा १ प्रतिशत ब्याजदर थपेर बीवाईडी कम्पनीको गाडीमा ८० प्रतिशतसम्म अटो कर्जा उपलब्ध गराउने भएको छ । जहाँ ऋणको अवधि ८ वर्षको हुनेछ । ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको सिटिजन्स बैङ्क शाखामा गएर आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सामा पहिलाे दिन अंग्रेजी विषयकाे एसईई परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

कालिका टाईम्स

ठाकुर राम स्ववियु निर्वाचनकाे मतगणना जारी, राज कुमार यादव अगाडी

कालिका टाईम्स

पर्साबाट एसईई परिक्षामा १२ हजार ६ सय ३७ विद्यार्थी सहभागि हुँदै

कालिका टाईम्स
SQL requests:220. Generation time:3.960 sec. Memory consumption:82.74 mb