12.1 C
Birgunj
18 January 2025
KALIKATIMES.COM

भारतीय प्रहरीको हिरासतबाट भागे पर्साका साह, चार प्रहरी निलम्बित

सांकेतिक तस्बिर

विहार । लागूऔषधसहित पक्राउ परेका दुई नेपालीमध्ये एक जना प्रहरी हिरासतबाट भागेपछि भारतको बिहारमा चार जना प्रहरी अधिकारी निलम्बनमा परेका छन् । पूर्वी चम्पारणका एसपी कान्तेस कुमार मिश्रले दुई सब इन्स्पेक्टरसहित चार जनालाई निलम्बन गरेका हुन् ।

प्रहरी कार्यालयका स्टेसन हाउस अफिसरलाई कारण देखाऊ नोटिस पनि पठाइएको छ । नेपालको पर्सा जिल्लाका सुदर्शन साह र लालबाबु ठाकुरलाई रामगर्वाह प्रहरीले हरिशंकर वर्मा कलेज नजिकैबाट ७.४७ केजी गाँजासहित पक्राउ गरेको थियो । 

‘दुई जनलाई मोतिहारीमा अदालतसामु उपस्थित गर्नका लागि लैजाँदै गर्दा सुगौलीमा दुई जना भागेका थिए । दुईमध्ये ठाकुरलाई पक्राउ गरिए पनि साह भने त्यहाँबाट फरार भएका थिए,’ प्रहरीले आफ्नो विज्ञप्तिमा भनेको छ ।

निलम्बनमा पर्ने प्रहरी अधिकारीहरूमा सब इन्स्पेक्टर अकसम अनसारी र हरेकृष्ण सिंह यादव तथा कन्सटेबलद्वय चन्दन कुमार र शालिग्राम कुमार छन् । एजेन्सी 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भारतबाट ल्याइएका ब्रोइलर कुखुरा नष्ट

कालिका टाईम्स

अवैध रुपमा बालुवा उत्खनन् गर्ने २ वटा ट्याक्टर र चालक नियन्त्रणमा

कालिका टाईम्स

प्रहरीद्वारा सात कट्ठा गाँजा फडानी

कालिका टाईम्स
SQL requests:215. Generation time:3.078 sec. Memory consumption:81.43 mb