14.6 C
Birgunj
18 January 2025
KALIKATIMES.COM

वीरगंजका र्‍यापर महमद अफताबकाे गीत दर्शक मन पराउँदै

वीरगंज । वीरगंजका र्‍यापर महमद अफताब शेखले नेपाली चलचित्र क्षेत्रमा र्‍यापरको रुपमा डेब्यु गरेका छन् ।

महमद अफताब शेख, नेपालको एक युवा, बहुमुखी र प्रतिभाशाली र्‍यापर कलाकार हुन् । जसले आफ्नो गीतबाट आजभोलि सबै दर्शकको मुटुमा बसेका छन् । उनले संसारभरका दर्शकहरूसँग आफ्नो अनुभव साझा गर्न २०२१ देखी संगीत प्रयोग गर्दै आएका छन्।

सानै उमेरमा उनले र्‍याप संगीत सुन्न र नेपाली र्‍यापरहरु जस्तै यम्म बुद्ध, बालेन, मिस्टर डि, भिटेन र अन्य थुप्रै नेपाली र्‍यापरहरुबाट प्रेरणा लिने गर्थे । उनले आफ्नो रचनात्मकताले संगीतमा एक अद्वितीय र ताजा परिप्रेक्ष्य ल्याउन र मधेस क्षेत्रको समृद्ध सम्पदा र राष्ट्रमा प्रकाश पार्न आफ्नो संगीतको प्रयोग गरेर आफ्नो संस्कृति र समुदायको वकालत गर्छन् ।

उनी चाहि वीरगंजकाे मुर्लीस्थित वीरगंज गोल्डेन गेट एकेडमी स्कूलबाट नर्सरी देखी १० सम्मको पढाई पुरा गरेर हाल चाहि वीरगंज इंस्टिटूट ऑफ टेक्नोलॉजीमा अध्यन गर्दै छन ।

महमद अफताब शेखले नेपाली चलचित्र क्षेत्रमा र्‍यापरको रुपमा डेब्यु गरेका हुन् । उनले आरती वेबसीरी़जमा आफ्नो परिचय गीत पेश गरेका छन । बलत्कार घटनामा आधारित बनेको आरती फिल्ममा उनले देश भरीमा भइरहेको घटना र फिल्ममा दिखाए जस्तै घटनालाई लिएर उनको गीतमा बनेको छ ।

उनको गीत चाहि नेपालको सब भन्दा बढी सबस्क्रिबर भएका यूटूब चैनेल ओ-एस-आर डिजिटलमा रिलीज़ भएको छ । आरती वेबसिरिजको निर्देशक रोशन दास र मुख्य अभिनय गरेका मनीषा गिरी, राज पौडेल, नूतन र अन्य कलाकार गरेका छन् ।

महमद अफताब शेखले यो गीत बारे थप जनकारी दिदै भने- म मेरा दर्शकहरूको लागि एउटा घोषणा गर्न जाँदैछु । मेरो पहिलो बलात्कार सम्बन्धित गीत आरती नेपाली वेबसिरिजमा उपलब्ध हुनेछ ।

म र मलाई सहयोग गर्ने साथी श्रीकांत मांझी र प्रिंस पांडे पूर्ण रूपमा खुसी छौ र विशेष धन्यवाद हाम्रा निर्देशक दास रोशन सरलाई मलाई छनोट गर्नु भएकोमा र मलाई यति ठूलो अवसर दिनुभएकोमा । उहाँकै कारणले नेपाली चलचित्र क्षेत्रमा र्‍यापरको रुपमा डेब्यु गरेको हुँ । उनले भने । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भारतबाट ल्याइएका ब्रोइलर कुखुरा नष्ट

कालिका टाईम्स

अवैध रुपमा बालुवा उत्खनन् गर्ने २ वटा ट्याक्टर र चालक नियन्त्रणमा

कालिका टाईम्स

प्रहरीद्वारा सात कट्ठा गाँजा फडानी

कालिका टाईम्स
SQL requests:216. Generation time:3.685 sec. Memory consumption:81.45 mb