KALIKATIMES.COM

धाेरे मेला तथा कुस्ती प्रतियाेगिता सम्पन्न

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिका वडा नम्बर १ धोरेमा आज बिशाल कुस्तीसहित भब्य मेला सम्पन्न भएको छ ।

प्रत्येक बर्ष झै यस बर्षपनि छठकाे पर्नाकाे दिन साेमबार शान्तिपूर्ण रुपमा मेला र कुस्ती प्रतियाेगिता सम्पन्न भएकाे गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहताले जानकारी दिए ।

मेलामा पर्सा, बारा, रौतहट तथा भारतका पुर्बी र पश्चिमी चम्पराणका हजारौ सहभागि भएका थिए । मेलामा साेमबार बिहानैदेखी कुस्ती प्रतियोगीता पनि भएको थियो ।

कुस्तीमा नेपाल तथा भारतका नामी पहलवानहरुकाे जबरदस्त प्रस्तुती रहेको थियो । नेपाल राज यादवले भारतका बाबा नायक पहलवानलाई पराजित गरेका थिए । 

मेलालाई ब्यवस्थापन गर्न मेला समितिले स्वयमसेवक तथा पालिका र ईलाका प्रहरी कार्यालय पोखरीयाले प्रहरी परिचालन गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पाेखरियामा टि २० पांचाै मेयर कप सुरु, बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

गोली चलाएर एक करोड फिरौती माग्ने ३ जना पक्राउ

कालिका टाईम्स

धार्मिक सहिष्णुता सहितको मौलिक समाज निर्माणमा लागौँ : मेयर सिंह

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:190. Generation time:3.477 sec. Memory consumption:69.98 mb
Send this to a friend