KALIKATIMES.COM

धाेबिनीमा भएकाे क्रिकेट टुर्नामेन्टमा सबैठवा विजयी

वीरगंज । पर्साको धोबिनी गाउँपालिकामा संचालित वडा र पालिका स्तरिय क्रिकेट टुर्नामेन्टको फाईनल खेलमा आज पकहाँ मैनपुर गाउँपालिकाको वडा नम्बर ५ सबैठवा बिजयी भएकाे छ ।

धाेबिनी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयको सहयोग र हिमाल स्टार क्रिकेट टिम जगरनाथपुरको आयोजनामा जगरनाथपुरको फिल्डमा संचालित टुर्नामेन्टको फाईनल खेलमा बहुदरमाई नगरपालिकाकाे वडा नं. २ लाई हराउँदै सबैठवा बिजयी भएकाे हाे ।

सुरुमा बहुदरमाईले २० ओभरको खेलमा सबै बिकेट गुमाई १ सय १० रन जोडेको थियो । त्यसपछि १११ रनकाे लक्ष्यसहित बैटीङ गरेकाे सबैठवाले १९ ओभर २ बलमा ८ बिकेटको क्षतीमा आफनो लक्ष्य प्राप्त गरी विजयी भएकाे थियाे ।

फाईनल खेलकाे मैन आफ दि मैच सबैठवाका मंजय महतोले ३६ रन र ३ बिकेट लि भएका थिए । बहुदरमाईका सोबराती अंसारीले १० बिकेट र ९६ रन बनाई मैनआफदि सिरीज भएका थिए ।

विभिन्न पालिकाका ६ टिम भाग लिएका टुर्नामेन्टकाे विजेता टिमले रु २५ हजार र उप विजेता टिमले रु १५ हजार पुरस्कार पाएका थिए । 

बिजेता तथा उपबिजेता टिमलाई पुर्ब गाविस अध्यक्ष राजेन्द्र यादव, पत्रकार छठु साह, शिक्षक महसंघका आरिफ अंसारी र धाेबिनी गाउँपालिका ५ का वडाध्यक्ष मनाउर मियाले पुरस्कार रासीकाे चेक, ट्रफी र प्रमाणपत्र बितरण गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरियामा टि२० पाँचौ मेयर कप सुरु, पहिलो खेलमा बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

पाेखरियामा टि २० पांचाै मेयर कप सुरु, बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

गोली चलाएर एक करोड फिरौती माग्ने ३ जना पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:187. Generation time:3.704 sec. Memory consumption:70.26 mb
Send this to a friend