KALIKATIMES.COM

धाेरे मेला यस बर्ष पनि लाग्ने, कुस्ती प्रतियाेगिता पनि हुने

गत बर्षकाे धाेरे मेलामा आयाेजित कुस्ती प्रतियाेगिता । तस्बिर : कालिका टाईम्स

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकाको वडा नम्बर १ धोरेमा यस बर्ष पनि भब्य रुपमा मेला लाग्ने भएको छ ।

बिगत १० दशक भन्दा अगाडी देखी छठको भोली पल्ट लाग्दै आएको मेला यस बर्ष पनि भब्य रुपमा लाग्ने पकहाँ मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताका स्वकिय सचिव बिनोद मेहताले जानकारी दिए ।

उनका अनुसार धोरे मेला हुने कुस्ती (लडाई) प्रसिद्ध छ । मेलामा कुश्तीका लागी नेपाल र भारतका ६ वटा टिमलाई निमान्त्रण दिईएको छ ।

मेलामा नेपालका हरि थापाको टिम, नेपाल पुलिस टिम, भारतको राजधानी दिल्लीका टिम, हरियाणा, बनारस र गोरखपुरको टिम र बारा, पर्सा, रौतहट तथा नवलपरासीका स्थानिय पहलवानहरु पनि मेलामा आउने आयोजकले जनाएको छ ।

मेलाको लागी आज राघव मेहताको अध्यक्षतामा ७ सदस्यीय मेला समिती पनि चयन गरिएको गाउँपालिका अध्यक्ष सुरेश मेहताले बताए ।

प्रत्येक बर्ष झै यस बर्ष पनि हजाराैंकाे संख्यामा मेलामा दर्शक आउने बिश्वास रहेकाे उनले वताए । मेलामा बारा, पर्सा र रौतहट लगायत भारत बिहारको पुर्बी चम्पारण तथा पश्चिमी चम्पारणका दर्शकहरु आउने गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरियामा टि२० पाँचौ मेयर कप सुरु, पहिलो खेलमा बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

पाेखरियामा टि २० पांचाै मेयर कप सुरु, बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

गोली चलाएर एक करोड फिरौती माग्ने ३ जना पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:187. Generation time:2.900 sec. Memory consumption:70.26 mb
Send this to a friend