KALIKATIMES.COM

नेपाली नक्कली नोटसहित वीरगंजबाट दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले नक्कली नोटसहित वीरगंजबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका ३१ कोनिया निवासी २४ वर्षीय ऋषिलाल पटेल र बाराको कलैया उपमहानगरपालिका ३ निवासी २५ वर्षीय उमेश कुमार रहेका छन् ।

प्रहरीले दुबै जनालाई कार्तिक २४ गते नै पक्राउ गरेपनि एक सत्ता पछि मात्र मंसिर १ गते सार्वजनिक गरेकाे हाे ।

नक्कली नोट प्रयोग गरेर किनमेल गरिरहेको अवस्थामा एक हजारकाे नक्कली नाेटसहित उनीहरुलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ । उनीहरूको साथबाट ३८ वटा एक हजार दरको गरी कूल ३८ हजार रुपैयाँको नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

वीरगंज ८ स्थित सिटी मार्केटमा नक्कली नाेटबाट कपडा खरिद गर्न खोजीरहेको दुबै जनालाई पक्राउ गरिएकाे पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले वताए ।

ऋषिलाल र उमेशले गत कार्तिक २४ गते शुक्रवारका दिन साँझ ८ बजेको समयमा सिटी मार्केटस्थित एक पसलबाट नक्कली नोट प्रयोग गरेर कपडा खरिद गर्न खोजेको डिएसपी थापाले बताए । सोही क्रममा पसलेले नक्कली नोट पहिचान गरी प्रहरीलाई खबर गरेका थिए । 

नक्कली नोटको विषयमा खबर पाउन साथ घटनास्थलमा पुगेको प्रहरी टोलीले ऋषिलाल र उमेशलाई कानुनी रीत पुर्‍याई खानतलासी गर्दा उनीहरूको साथबाट एक हजार दरको ३८ थान गरी ३८ हजार रुपैयाँको नक्कली नोट बरामद भएको डिएसपी थापाले जानकारी दिए । ऋषिलाल र उमेश हाल प्रहरी नियन्त्रणमा छन् र उनीहरूविरुद्ध खोटा चलन सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको थापाको भनाई छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरियामा टि२० पाँचौ मेयर कप सुरु, पहिलो खेलमा बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

पाेखरियामा टि २० पांचाै मेयर कप सुरु, बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

गोली चलाएर एक करोड फिरौती माग्ने ३ जना पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:187. Generation time:3.293 sec. Memory consumption:70.25 mb
Send this to a friend