33.1 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

मंसिर ५ गते पाेखरियामा हुने एमाले आम सभाकाे तयारी पुरा

केपी ओलीले सम्बाेधन गर्ने, पूर्व सांसद राैनियार लगायतले प्रबेश गर्ने

आनन्द पटेल/

वीरगंज । पर्साकाे पोखरीया नगरपालिकामा यही मंसिर ५ गते मंगलबारका दिन हुन गइरहेकाे नेकपा एमालेको बृहत आम सभा तथा पार्टी प्रवेश कार्यक्रम तयारी पुरा भएकाे छ ।

एमाले पर्साले शुक्रबार वीरगंज पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमकाे तयारी पुरा भएकाे जनाएकाे हाे ।  

कार्यक्रममा करिब २५ हजारकाे उपस्थिती रहने र ५ हजारले पार्टी प्रवेश गर्ने पार्टीका पोलिट बूरो सदस्य तथा पर्सा जिल्ला इन्चार्ज अच्युत मैनालीले वताए । पत्रकार सम्मेलनमा वाेल्दै मैनालीले कार्यक्रममा पर्सा जिल्लाका नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जसपा, लोसपा पार्टीका केन्द्रीय तहका नेताहरु पार्टी प्रबेश गर्ने वताए ।

पूर्व प्रतिनिधि सभा सदस्य एवम् जसपाका नेता हरिनारायण रौनियार लगायतकाले पार्टी प्रबेश गर्ने निश्चित भइसकेकाे पोलीटब्युराे सदस्य सुमन प्याकुरेलले वताए ।

आम सभालाई पार्टीका अध्यक्ष ओलीसहित का शिर्ष नेताहरु सम्बोधन गर्ने जिल्ला संयोजक डा. विशम्बर शर्माले जानकारी दिए । सो आम सभा मिसन २०८४ को तयारी समेत रहेको उनले वताए ।

जिल्ला संयोजक डा. शर्माको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रभु हजरा, मधेश प्रदेश कमिटी सदस्य तेज प्रकाश निषाद, पत्रकार महासंघका केन्द्रीय सदस्य केसि लामिक्षाने, युवा नेता अकलेश साह लगायतको उपस्थिति रहेको थियो । 

नेपाल पत्रकार महासंघ पर्साकाे सभाहलमा भएकाे पत्रकार सम्मेलनकाे सहजिकरण प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बन्जाराले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:7.735 sec. Memory consumption:82.48 mb