KALIKATIMES.COM

छठ पर्वकाे अवसरमा कालिकामाईमा रक्तदान कार्यक्रम

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. १ टिनडाेवियामा आज रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । दिपावली तथा छठ पर्वकाे अवसरमा टिनडाेविया युवा क्लबले आयाेजना गरेकाे कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् ।

श्री नेरा आधारभुत विद्यालय टिनडाेवियामा भएकाे कार्यक्रमकाे शुभारम्भ रक्तदान गरेर कालिकामाई गाउँपालिका १ का वडाध्यक्ष लालबाबु प्रसाद बरैले गरेका थिए ।

साे कार्यक्रममा राजन पटेल, भरत साह, रामबहादुर पटेल, ललन पटेल, कृष्णा पटेल, राजु राउत कुर्मी, विनय पटेल, विजय प्रसाद चाैरसिया, उपेन्द्र कुमार साह, दिपक कुमार साह, शैलेन्द्र कुमार त्रिपाठी, उमेश प्रसाद चाैहान, संजय प्रसाद, सुभाष पटेल, असरफी राउत गद्दी लगायतकाले रक्तदान गरेका हुन् ।

क्लबका अध्यक्ष कृष्णा पटेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा दिव्य विकास स्राेत केन्द्र बिरन्चीबर्वाका अध्यक्ष उमेश चाैहान, रक्त संचार केन्द्रका प्रमुख साैरभ राज पाण्डे, कालिका टाईम्सका सम्पादक शम्भु कुमार सुमन, इलाका प्रहरी कार्यालय कालिकामाईका प्रमुख प्रहरी सहायक निरिक्षक विनाेद कुमार राउत लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरियामा टि२० पाँचौ मेयर कप सुरु, पहिलो खेलमा बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

पाेखरियामा टि २० पांचाै मेयर कप सुरु, बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

गोली चलाएर एक करोड फिरौती माग्ने ३ जना पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:185. Generation time:2.599 sec. Memory consumption:70 mb
Send this to a friend