वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपाल जगरनाथपुर गाउँपालिका एकाइ समिति वडा न ५ मसिहानीले शुभदिपावली र छठ पर्बको शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी जसपाका केन्द्रिय कार्यकारिणि समिति सदस्य एवम् मधेस प्रदेश सरकारका पुर्ब मुख्यमन्त्री मा. लालबाबु राउतले मधेसीको आन्दोलनले गर्दा नै आज देशको मधेसी, आदिवासी जनजाति, मुस्लिमहरु र अन्य शोषण उत्पीडनमा परेकाहरु देशको मुलधारमा प्रवेश गरेकाे वताए ।
हिजो र आजको समय फरक भएको बताउदै उनले अबको युग दलित, आदिवासी जनजाति मुस्लिमको नै हुने बिश्वास आफ्नो रहेको बताए ।
कार्यक्रममा उर्जा सिचाइ तथा खानेपानी मन्त्री सिहासन सा कलवारले आफ्नो मन्त्रालयले गर्ने सम्पुर्ण सहयोग यो क्षेत्रको जनताको लागि गरिने बताए ।
उपेन्द्र मुखिया बिनको अध्यक्षतामा भएको कार्यक्रममा जसपा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव , जिल्ला सचीव तबरेज अहमद, नेता पाठा मियाँ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा युवा नेता फिरोज गद्दी, रामपुजन पटेल, भोला ठाकुर लोहार, रामबडाइ पटेल, रामदयाल मुखिया बिन लगायत सयौंको संख्यामा स्थानीय नेताकार्यकर्ताको उपस्तिथि रहेको थियो ।