KALIKATIMES.COM

प्रथम वीरगंज गोल्डकप फुटबलको उपाधी पुलिसलाई

वीरगंज । त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लबले प्रथम वीरगंज गोल्डकपको उपाधी उचालेको छ ।

वीरगंजस्थित आदर्शनगर रंगशालामा शनिबार भएको फाइनल खेलमा आर्मीलाई टाइब्रेकरमा २-० ले पराजित गर्दै पुलिसले उपाधी उचालेको हो ।

प्रतिस्पर्धात्मक विभागीय फाइनल भिडन्तको निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछी नतिजा टाइब्रेकरबाट निकालिएको हो । टाइब्रेकरमा आर्मीका चार खेलाडीको प्रहार फितलो बन्न पुग्दा पुलिसले सिजनकै पहिलो उपाधी उचाल्न सफल भएको हो ।

टाइब्रेकरमा पुलिसका लागि रामचन्द्र वाजी र बुद्ध तामाङले गोल गर्दा हुचोल राईको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले बचाउ गरे । यता आर्मीका कप्तान नवयुग श्रेष्ठ, बिमल पाण्डे, सन्तोष केसी र जितेन्द्र कार्कीको प्रहारले जाली चुम्न सकेन ।

कप्तान श्रेष्ठको प्रहार पोस्ट नजिकैबाट बाहिरिन पुग्दा कार्कीको प्रहार पोस्टमा ठोक्किन पुगेको थियो । यसैगरी पाण्डे र केसीको प्रहारलाई बिफल तुल्याउदै पुलिसका गोलरक्षक शत्रुधन चौधरीले टिमलाई उपाधी दिलाए ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उपाधी विजेता पुलिस क्लबलाई रु ११ लाख ११ हजार एक सय ११ र ट्रफी प्रदान गरे ।

वीरगंज महानगरपालिकाका कै उपमेयर ईम्तियाज आलमले उपविजेता आर्मी क्लबलाई रु ५ लाख ५५ हजार ५ सय ५५ प्रदान गरे ।

यो पुरस्कार राशि मधेस प्रदेशमा आयोजना हुने प्रतियोगितामध्येको उच्च रहेको आयोजकले जनाएको छ ।

वीरगंज महानगरपालिकाको मुख्य सहयोग र भेट्रान्स सिटि क्लब वीरगंजकाे आयोजनामा कार्तिक १८ गतेदेखी सुरु भएको प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागि भएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरियामा टि२० पाँचौ मेयर कप सुरु, पहिलो खेलमा बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

पाेखरियामा टि २० पांचाै मेयर कप सुरु, बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

गोली चलाएर एक करोड फिरौती माग्ने ३ जना पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:183. Generation time:3.024 sec. Memory consumption:69.97 mb
Send this to a friend