KALIKATIMES.COM

प्रथम वीरगंज गोल्डकपको उपाधीको लागि त्रिभुवन आर्मी र नेपाल पुलिस भिडदै

वीरगंज । प्रथम वीरगंज गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा पुगेका दुबै प्रतिस्पर्धी टिमले यसपटकको उपाधी जित्ने दाबि गरेका छन ।

शनिबार दिउँसो २ बजे हुने वीरगंज गोल्डकप फुटबल प्रतियोगीताको उपाधी फाईनलमा पुगेका त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित्ने दाबि गरेका हुन ।

शनिबार बिहान भएको फाईनल प्रतियोगीता अगावैको प्रि -पत्रकार सम्मेलनमा टिमको रणनिति अनुसार उपाधी उचाल्ने बताएका छन ।

पत्रकार सम्मेलनमा त्रिभुवन आर्मी क्लबको सहायक कोच चक्र तामाङ्गले सुरु देखि आर्मी क्लबको आक्रामक खेल्ने टिम भएकाले कुनै पनि हालतमा उपाधी जित्ने गरी खेल खेल्ने दावि गरेका हुन ।

उनले देशको विभिन्न स्थानको उपाधी आर्मी क्लबले जित्दै आएकाले त्यहि रणनिति अनुसार अगाडी बढ्ने ठोकुवा गरे ।

त्रिभुवन आर्मी क्लबका कप्तान नवयुग श्रेष्ठले पनि विगतको दिनमा पनि वीरगन्जमा भएको प्रतियोगीताको उपाधी जितेकाले यसपटक पनि नछाड्ने बताए ।

कप्तान श्रेष्ठले विपक्षी टिम पनि बलियो भएकाले हराउने रणनिति अनुसार अगाडी बढ्ने र उपाधी जित्ने बताए ।

नेपाल पुलिस क्लबका कोच चेतन श्रेष्ठले नेपालमा भएको विभिन्न प्रथम गोल्डकप प्रतियोगीताको उपाधी नेपाल पुलिस क्लबले जित्ने गरेकाले यसपटक जित्नेमा कुनै शंका नरहेको बताए ।

उनले नेपाल पुलिस क्लब विभिन्न रणनिति तयारीका साथ प्रतियोगीतामा भिड्ने भएकाले कुनै पनि हालतमा उपाधी जित्ने गरी खेल खेल्ने बताए ।

यस्तै नेपाल पुलिस क्लबका कप्तान राम वाजीले त्रिभुवन आर्मी क्लबलाई हराउन टिमको भुमिकाल भएकाले सोही अनुसार अगाडी बढ्ने ठोकुवा गरे ।

आर्मी क्लबलाई हराउन कोचले बनाएको रणनिति अनुसार आफुहरु अगाडी बढ्ने र उपाधी उचाल्ने उनले बताए ।

बुधबार भएको पहिलो सेमिफाईन खेलमा नेपाल पुलिस क्लबले आयोजक भेट्रान सिटि क्लबलाई सडेन डेथमा हराएर फाईनलमा प्रवेश गरेको हो । भने बिहिबार भएको दोस्रो सेमिफाईनमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई १–० गोलले हराएर फाईनलमा पुगेको थियो ।

मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगितामा प्रथम हुने क्लबले ११ लाख ११ हजार एक सय ११ र दोस्रो हुने क्लबले पाँच लाख ५५ हजार पाँच सय ५५ नगदसहित प्रमाणपत्र र सिल्ड पाउने छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरियामा टि२० पाँचौ मेयर कप सुरु, पहिलो खेलमा बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

पाेखरियामा टि २० पांचाै मेयर कप सुरु, बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

गोली चलाएर एक करोड फिरौती माग्ने ३ जना पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:187. Generation time:3.592 sec. Memory consumption:70.27 mb
Send this to a friend