KALIKATIMES.COM

मैत्रीपूर्ण महिला फुटबलमा बिहारलाई हराउँदै वीरगंज विजयी

वीरगंज ।  वीरगंजमा शुक्रबार नेपालको वीरगंज र भारत बिहारको महिला फुटबल टिमबिच भएको मैत्रीपूर्ण खेलमा वीरगंज विजयी भएको छ । प्रथम वीरगंज गोल्डकप फुटबल २०८० अन्तर्गत शुक्रबार भएको मैत्रीपूर्ण खेलमा भारतको बिहारलाई २–० ले हराउँदै नेपालको वीरगंज युथ एकेडेमी विजयी भएको हो ।

वीरगंजकाे आदर्शनगर रंगशालामा भएको मैत्रीपूर्ण खेलमा वीरगंजकाे जीतमा अनिषा मगर र कविता गुरुंगले गोल गरेका हुन् । कूल ७० मिनेट खेलाइएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

वीरगंजले दुवै गोल दोश्रो हाफमा गरेको हो । खेलको ४७ औं मिनेटमा सुनिता सुनारलले दिएको पासमा अनिषाले गोल गर्दै आफनो टिमलाई १–० को अग्रता दिलाएकी थिइन् । खेलको ६१ औं मिनेटमा कविताले थप एक गोल गर्दै वीरगंजलाई २–० को जीत दिलाउन सफल भइन् ।

उक्त मैत्रीपूर्ण खेलको वुमेन अफ दी म्याच वीरगंजकाे लागि दोश्रो गोल गरेकी कविता गुरुंग घोषित भइन् । मैत्रीपूर्ण खेलको विजेता र उपविजेता दुवै टिमलाई आयोजक भेट्रान सिटी क्लबले ट्रफी र मेडल प्रदान गरेको थियो । कात्तिक १८ देखि जारी वीरगंज गोल्डकप फुटबलको उपाधिका लागि फाइनल खेल शनिबार हुदैछ ।

फाइनलमा पुलिस क्लब र आर्मी क्लब भिड्दै

उपाधिका लागि शनिबार दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् । मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा नेपालका ६ र भारतका दुई गरी कूल आठ टिम सहभागी छन् ।

वीरगंज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको उपाधि उपविजेता टिमले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमले नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँका साथै शील्ड र मेडल प्राप्त गर्नेछन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरियामा टि२० पाँचौ मेयर कप सुरु, पहिलो खेलमा बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

पाेखरियामा टि २० पांचाै मेयर कप सुरु, बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

गोली चलाएर एक करोड फिरौती माग्ने ३ जना पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:183. Generation time:2.365 sec. Memory consumption:69.99 mb
Send this to a friend