KALIKATIMES.COM

त्रिभुवन आर्मी क्लब पनि वीरगंज गोल्डकपकाे फाईनलमा

वीरगंज । त्रिभुवन आर्मी क्लब प्रथम वीरगंज गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । संकटा क्लबलाई १–० गोलले हराउदै त्रिभुवन आर्मी क्लबले फाईनलमा प्रवेश गरेको हो ।

९० मिनेटको निर्धारित समयमा खेलको पहिलो हाफको २२े गोल गरेर जितेको हो । त्रिभुवन आर्मी क्लबका जर्सी नम्बर ३० का खेलाडी रिपु बलोनले गरेको गोल नै अन्तिम सम्म निर्णायक रहेको थियो ।

त्रिभुवन आर्मी क्लब सुरुको समयदेखि संकटा क्लब माथी हाबि बनेको थियो । संकटा क्लबका खेलाडी पटक पटक त्रिभुवन आर्मी क्लबको पोष्टमा बल हानेपनि गोल गर्न सकेका थिएनन् ।

खेलको म्यान अफ दी म्याच नेपाल पुलिस क्लबका जर्सी नम्बर ३० का खेलाडी रिपु बलोन घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

बुधबार भएको पहिलो सेमिफाईन खेलमा नेपाल पुलिस क्लबले आयोजक भेट्रान सिटि क्लबलाई हराएर फाईनलमा प्रवेश गरीसकको छ । प्रतियोगितामा शनिबार हुने फाईनल खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बिच हुने आयोजकले जनाएको छ ।

मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा प्रथम हुने क्लबले ११ लाख ११ हजार एक सय ११ र दोस्रो हुने क्लबले पाँच लाख ५५ हजार पाँच सय ५५ नगदसहित प्रमाणपत्र र सिल्ड पाउने छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरियामा टि२० पाँचौ मेयर कप सुरु, पहिलो खेलमा बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

पाेखरियामा टि २० पांचाै मेयर कप सुरु, बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

गोली चलाएर एक करोड फिरौती माग्ने ३ जना पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:183. Generation time:2.924 sec. Memory consumption:69.97 mb
Send this to a friend