वीरगंज । पर्सामा एक जना महिलामाथि बलात्कार भएको घटना प्रकाशमा आएको छ । बहुदरमाई नगरपालिका वडा नं. ७ मा महिला बलात्कारको घटना भएको हो ।
एकजना विवाहित २५ वर्षीया महिलालाई साेही ठाउँ निवासी ४५ वर्षीय सुशिल राउत कुर्मीले बलात्कार गरेको आरोप लागेको छ । पिडितले दिएकी जाहेरीकाे आधारमा आराेपित कुर्मी बिरुद्ध जबरजस्ती करणी विरुद्धकाे मुद्दा दर्ता गरि थप अनुसन्धान कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण गरी अनुसन्धान अगाडी बढाइएकाे उनले वताए । आराेपित कुर्मी फरार रहेकाेले उनकाे खाेजी कार्य भइरहेकाे प्रवक्ता थापाले वताए ।
गत भदौ ९ गते राति ८ बजे घरबाटै नियन्त्रणमा लिएर गाउँनजीकैको सरेहमा लागेर आफूमाथि जबरजस्ती गरिएको ती महिलाले आरोप लगाएकी छन् ।
पीडित महिलाका सासू र ससुरा एक महीने तीर्थयात्रामा गएका तथा पीडकले ज्यान लिने धम्की दिएकाले उक्त महिला प्रहरीमा आउन डराएकी थिइन । आरोपितले एक महीना पहिलेदेखि आफूलाई प्रलोभनमा पार्ने प्रयास गर्दै आएको र घरमा सो दिन बच्चा र नन्द मात्रै भएको बेला मुख थुनेर सरेहमा लगेर बलात्कार गरेको पिडितले जाहेरीमा उल्लेख गरेकी छन् ।