KALIKATIMES.COM

जिल्ला स्तरिय भलिबल खेलाडी छनाैट प्रतियाेगिता सम्पन्न

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवनमा शनिबार जिल्ला स्तरिय अन्डर १३, १५ र १९ का भलिबल खेलाडी छनाैट प्रतियाेगिता सम्पन्न भएकाे छ ।

श्री ने.रा.मा.वि. महुवनकाे प्राङ्गणमा भएकाे प्रतियाेगितामा अगामी असाेज १३ गतेदेखि काठमाडाैंमा हुन गइरहेकाे बृहत राष्ट्रिय खेलकुद प्रतियाेगितामा पर्सा जिल्लाबाट सहभागि हुने ९ जना खेलाडी र ३ जना वैकल्पिक खेलाडी गरि १२ जनाकाे छनाैट भएकाे पारसनाथ खेलकुद विकास समितिका अध्यक्ष वेदप्रकाश राैनियारले जानकारी दिए ।

प्रदेश सभा सदस्य प्रमाेद जयसवाल, पारसनाथ खेलकुद विकास समिति महुवनकाे सहयाेग र जिल्ला भलिभल संघ पर्साकाे आयाेजनामा भएकाे खेलाडी छनाैट प्रतियाेगितामा जिल्ला भरिका पालिकाहरुबाट २५५ जना पुरुष भलिवल खेलाडीहरुकाे सहभागिता रहेकाे थियाे ।

सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष अशेश्वर प्रसाद यादवकाे अध्यक्षता र प्रदेश सभा सदस्य प्रमाेद जयसवालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नेपाल भलिवल संघका केन्द्रिय सचिव एवम् जिल्ला भलिवल संघ पर्साका अध्यक्ष महमद फिराेज, सखुवा प्रसाैनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ट, पर्सा जिल्ला एथलेटिक्स प्रशिक्षक बिशेश्वर पटेल, सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मुना प्रसाद कम्कर लगायतकाे सहभागिता रहेकाे थियाे । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जसपा पर्सामा विवाद : समानान्तर जिल्ला समिति गठन

कालिका टाईम्स

विल बिजक संकास्पद देखिएको मालवाहक ट्रक प्रहरीले राअका बझायाे

कालिका टाईम्स

सानो पाइला सहकारीका १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:189. Generation time:2.777 sec. Memory consumption:70.26 mb
Send this to a friend