KALIKATIMES.COM

रोटरी क्लबकाे आयाेजनामा निशुल्क आँखा शिविर सम्पन

दिपु बर्णवाल/
वीरगंज । रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसकाे आयाेजनामा शनिबार निशुल्क आँखा शिविर सम्पन भएको छ ।

बिन्दबासीनी गाँउपालिका वडा–१ श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गर्दौल पर्सामा भएको शिविरमा ३ सय २३ जना भन्दा बढीलाई आँखा परिक्षण गरिएका थिए । सो मध्ये ७१ जनामा मोतियाबिन्दु फेला परेकाे वीरगंज आँखा तथा दाँत अस्पतालका म्यानेजर आशिफ अलिले बताए ।

शिविरमा मोतियाबिन्दु फेला परेकालाई आगामी असोज ६ गते शनिवारको दिन वीरगंज आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसका अध्यक्ष हरि गोपाल श्रेष्ठले जानकारी दिए ।

शिविरमा रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसका सचिव मुकेश मितल, बिन्दवासीनी गाँउपालिका वडा–१ का अध्यक्ष मुक्तिनाथ राउत, डा. पनालाल दास, रोटेरियन चन्दन सिंह, रोटेरियन अनिल जैसवाल, रोटेरियन शशि रंजन कलवार, रोट्रयाक्ट क्लव अफ वीरगञ्ज मेट्रोपेलिसका सह कोषाध्यक्ष आनन्द साह र वीरगंज आँखा तथा दात अस्पतालका प्राविधिकको उपस्थित थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जसपा पर्सामा विवाद : समानान्तर जिल्ला समिति गठन

कालिका टाईम्स

विल बिजक संकास्पद देखिएको मालवाहक ट्रक प्रहरीले राअका बझायाे

कालिका टाईम्स

सानो पाइला सहकारीका १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:185. Generation time:2.010 sec. Memory consumption:69.94 mb
Send this to a friend