KALIKATIMES.COM

नेम्वाङकाे निधनबाट कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति : नेकपा एस पर्सा

वीरगंज । नेकपा (एकीकृत समाजवादी) पर्साले नेकपा एमालेका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष, पूर्व सभामुख एवम् प्रतिनिधि सभा सदस्य स्व. सुवाषचन्द्र नेम्वाङको निधन प्रति शाेक व्यक्त गरेकाे छ ।

बिहिबार पार्टी पर्सा अध्यक्ष बालगाेपाल थापाले शाेक सन्देश जारी गर्दै भदाै २६ गते मंगलवार विहान १:५० बजे हृदय धातभई उपचारको क्रममा असामयिक दुःखद निधनबाट नेपालको कम्युनिष्ट आन्दोलन दुःख र पिडामा पुगेकाे वताएका छन् ।

उनले नेम्वाङकाे निधनबाट नेकपा (एकीकृत समाजवादी) पर्सा स्तब्ध मर्माहत भएकाे वताउँदै वहांको निधनबाट नेपाल कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनको साथै समग्र राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

समाजवाद उन्मुख संविधान निर्माणमा वहांले गर्नु भएको योगदान प्रति उच्च सम्मान गर्दै “सम्पूर्ण पर्सा पार्टी पंक्ति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछौं र परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौं” अध्यक्ष थापाद्वारा जारि शाेक सन्देशमा उल्लेख छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जसपा पर्सामा विवाद : समानान्तर जिल्ला समिति गठन

कालिका टाईम्स

विल बिजक संकास्पद देखिएको मालवाहक ट्रक प्रहरीले राअका बझायाे

कालिका टाईम्स

सानो पाइला सहकारीका १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:185. Generation time:2.743 sec. Memory consumption:69.92 mb
Send this to a friend