16.9 C
Birgunj
8 February 2025
KALIKATIMES.COM

सिम्रौनगढलाई विश्व सम्पदा सूचिमा राख्न सरकारसँग माग

वीरगंज । बाराको पुरातात्विक, सांस्कृतिक तथा धार्मिक र ऐतिहासिक महत्व बाेकेको सिम्रौनगढलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न सरकारसँग माग गरिएको छ ।

आम जनता पार्टी निकट आईटी आर्मीका बारा जिल्ला इन्चार्ज सनि गुप्ताको नेतृत्वमा काठमाडौं पुगेका सिम्रौनगढका युवाहरुले पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गलाई भेटेर सिम्राैनगढलाई विश्व सम्पदा सुचीमा सुचीकृत गराउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा भनिएकाे छ , “हजारौं वर्ष अगाडि सिम्रौनगढ एउटा शशक्त शासन प्रशासनको केन्द्र (राजधानी) समेत रहेको विषय ईतिहासका पानाहरुमा उल्लेख छ । यस क्षेत्रमा पाउने अनगिन्ती पुरातात्विक संरचना र तीनका भग्नावशेषहरु तथा धर्तीको गर्भभित्र समाहित रहस्यहरु यस अमूल्य सम्पदाका जीवित प्रमाणहरू हुन् ।”

यहि साउन २० गतेमात्रै सिम्राैनगढमा बाटोखन्दा डढेको चामलको भण्डार भेटिएको थियो । त्यसअघि पनि सिम्राैगढमा पोखरी खन्ने क्रममा भगवान ब्रह्माको मूर्ति फेला परेको थियाे।

ज्ञापनपत्र बुझाउने टाेलीमा आइटी आर्मीका राष्ट्रिय अध्यक्ष चन्द्रभुषण साह, नविन साह, रन्जन कुशवाहा, राेशन कुशवाहा, चुनु साह, निकेश दास ,विनायक राज पाण्डे, राजेश मल्ल, मन्जित मल्ल, अरविन्द कुशवाहा, रितेश कुशवाहा, बिक्रान्त कुशवाहा लगायतका यसवाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

१२५ बर्ष पुरानो डकह्याम्सको आधिकारिक बिक्रेता वीरगंजमा

कालिका टाईम्स

छिपहरमाईकाे टिहुकीमा निशुल्क आँखा शिविर सम्पन्न, ३१५ जनाकाे चेकजाँच

कालिका टाईम्स

जनमत पार्टीकाे १४ औं आँखा शिविर सम्पन्न, हाल सम्म १७ सय लाभान्वित

कालिका टाईम्स
SQL requests:217. Generation time:3.043 sec. Memory consumption:82.71 mb