11 C
Birgunj
12 December 2024
KALIKATIMES.COM

वीरगंजमा खुल्यो रूबिक रेस्टुराँ, मेयर सिंहले गरे उद्घाटन

वीरगंज । वीरगंजमा सुविधा सम्पन्न क्याफे, लाउन्ज तथा बार रूबिक रेस्टुराँ सञ्चालनमा आएको छ । माइस्थानदेखि महावीरस्थान जानेबाटमा बाया तर्फ अवस्थित रूबिक रेस्टुराँ बुधबारदेखि सञ्चालनमा आएको हो ।

रूबिक रेस्टुराँको वीरगंजका मेयर राजेशमान सिंहले उद्घाटन गरेका छन् । स्थानीय युवा व्यवसायीहरूको झन्डै अढाई करोड रुपैयाँको लागतमा सञ्चालनमा आएको रेस्टुराँको मेयर सिंह लगायतका अतिथिहरूले रिबन काटेर उद्घाटन गरेका थिए ।

उद्घाटन पश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मेयर सिंहले वर्तमान समयमा युवाहरू वैदेशिक रोजगार तर्फ आकर्षित भइरहेको बेला स्थानीय युवाहरूले जोखिम मोलेर नेपालमै केही गर्नुपर्ने भन्ने सोचका साथ रेस्टुराँ सञ्चालन ल्याएकोमा खुसी व्यक्त गरे । रेस्टुराँले गुणस्तरीय सेवासहित स्वादिलो परिकार उपलब्ध गराउने विश्वास व्यक्त गर्दै उनले विभिन्न ठाउँबाट धार्मिक तथा व्यावसायिक कामले वीरगञ्ज आउने पर्यटकहरूको लागि एउटा गन्तव्यका रूपमा रूबिक रेस्टुराँ पनि थपिएको बताए ।

वीरगंजमा नयाँ व्यवसाय तथा उद्यम गर्ने युवाहरूलाई सहयोग गर्न महानगर सधैँ तयार रहेको बताउँदै उनले भने, ‘युवा उद्यमीहरूलाई चाहिएको प्रत्येक सहयोग महानगरबाट उपलब्ध गराउन म तयार छु । प्रस्ताव ल्याउनुस्, हामी सहकार्य गर्छौँ ।’ वीरगञ्जमा प्रत्येक महिनाको अन्तिम शुक्रवार र शनिवार लगाइने रात्रि बजारले पनि रेस्टुराँ सञ्चालकहरूलाई सहयोग पुगिरहेको दाबी गर्दै उनले भविष्यमा रात्रि बजारलाई दैनिक बनाउने आफ्नो योजना रहेको पनि उनले सुनाए ।

स्थानीय युवा व्यवसायीहरू विजय साह कानु, दिनेश प्रधान र सञ्जय श्रीवास्तवको संयुक्त लगानीमा सञ्चालनमा आएको रूबिक रेस्टुराँमा एकै पटक सय जनासम्म अटाउने ठाउँ रहेको छ । दुई भागमा बाँडिएको रेस्टुराँमा परिवारका सदस्यहरूसँग जान मिल्ने किसिमको नो-स्मोकिङ् र छुट्टै बार रहेको छ । 

वीरगञ्जमा रहेका अन्य रेस्टुराँको तुलनामा रूबिकको सजावट पनि नयाँ र फरक रहेको दाबी गर्दै सञ्चालक विजय साह कानुले भने, ‘हाम्रो युएसपी भनेको सेवा र स्वाद हो । वीरगंज बसेर दुई दशकभन्दा पनि बढी लामो समयसम्म काम गरेका सेफ हामीसँग हुनुहुन्छ,  उहाँले स्थानीयहरूको स्वादलाई बुझ्नु हुन्छ ।’ ग्राहकलाई दिने सेवामा पनि तुलनात्मक रूपमा आफूहरू अरूभन्दा गुणस्तरीय रहेको उनले बताए ।

रेस्टुराँले उद्घाटन भएको अवसरमा शनिवारसम्म बिलमा १० प्रतिशतसम्म छुट दिइरहेको कानुले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

आयोगद्वारा वीरगंजका उद्योगी–व्यवसायीसँग सुझाव सङ्कलन

कालिका टाईम्स

पत्रकार महासङ्घ निर्वाचन : विष्टको नेतृत्वमा प्यानल घोषणा

कालिका टाईम्स

विद्यार्थीहरूलाई लक्षित गर्दै “पर्सा यूथ फेस्ट २०२४”आयोजना हुँदै

कालिका टाईम्स
SQL requests:220. Generation time:3.932 sec. Memory consumption:81.81 mb