वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं २० हरपतगंज स्थित श्री निरंजन साह कलवार आधारभूत विद्यालय र वीरगंज महानगरपालिका कै वडा नं १४ बहुवरी स्थित उम्मे कुल्सुम लीलबनात कन्या विद्यालयमा साेमबारबाट नविनतम सिकाई केन्द्र (Innovative Learning Center) संचालनमा आएकाे छ ।
मन्त्री अंसारीको अथक प्रयासले सामुदायिक विद्यालयहरुमा आधुनिक टेक्नोलोजी भएका सिकाई केन्द्र संचालनमा आएकाे वताइएकाे छ । मन्त्री अन्सारीले दुरदर्शी सोंचका साथ सिकाई केन्द्र संचालनमा ल्याएका हुन् । मधेश प्रदेशमा पहिलो पल्ट यस्ता आधुनिक कक्षा संचालन आएकाे दाबी गरिएकाे छ ।
विगतका समयदेखि सरकारी स्कुल तथा गाउँघरका आम जनताको पहुचभन्दा माथि रहेको सोंचलाई मुर्तरुप दिन नयाँ थालनीकाे सुरुवात गरिएकाे हाे । अहिले ठुल ठुला व्यापारी वा उच्च ओहदाका व्यक्तिहरुले आफनो बालबालिकालाई विदेशमा पैसा खर्च गरेर उनका शैक्षिक स्तर उकास्ने गरेको देखिन्छ ।
तर मन्त्री अन्सारीले नेपालको सरकारी विद्यालयमा नै त्यो विधि ल्याएको र त्यसबाट गाँउघरका गरिब, जेहेन्दार विद्यार्थीहरुले पुर्ण लाभ उठाई विदेशबाट पढेर आएका धनाढय व्यक्तिहरुका बालबालिकासँग कम्पटिशन गर्न सकोस भन्ने चाहना रहि आएकोले मैले यो आधुनिक प्राविधिक कक्षा संचालनमा ल्याएका हुन् ।