KALIKATIMES.COM

पार्टीका नेताप्रति भएको दुर्व्यवहारकाे अध्यक्ष चाैधरीद्वारा भत्र्सना

वीरगंज । नेकपा (एकिकृत समाजावादी) पार्टी बीरगन्ज महानगर कमिटिले पार्टीका सम्मानित नेता प्रति भएको दुर्व्यवहारकाे घोर भत्र्सना गरेको छ । नेकपा (एकिकृत समाजावादी) पार्टीका बीरगन्ज महानगर कमिटि अध्यक्ष मनोज चौधरीले संचारकर्मीहरुसँग कुराकानी गर्दै घटनाको बिरोध गर्नुको साथै आफ्नो फेसबुक पेज मार्फत घटना निदनीय रहेको उल्लेख गर्नु भएको छ ।

पार्टीका सम्मानित नेता झलनाथ खनाल माथि केही पुनरुत्थानवादीहरुका मतियार तथा अराजक तत्वहरूले कार्यक्रमलाई बिथोल्ने नियतले हो हल्ला गर्ने, नारावाजी गर्ने, तोडफोड गर्ने र अभद्र ढंगले दुर्व्यवहार र अपमानित गरेको घटना निदनीय रहेको अध्यक्ष चौधरीले बताउनु भयो ।

उनले देशको कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनमा अग्रनी भुमिका खेलेका नेताको अपमान हुनु दुखद भएको बताउँदै दोषीलाई यथासिघ्र कानुनी दायरा ल्याउनु पर्ने धारणा व्यक्त गर्नु भयो ।

अगामी दिनमा यस्ता घटना नदोहरियोस तर्फ सरकार संचेत हुनु पर्ने बताउँदै नेता चौधरीले हाम्रो गौरवशाली नेताहरु उपर भइरहेको श्रुखलावद अपमान जनक टिक्का टिप्पणी तथा अभद्र व्यवहार नरोकिए बीरगन्ज सहित देशभरी आन्दोलनको बिगुल फुक्न युवाहरु पछि नपर्ने अध्यक्ष चौधरीले चेतावनी दिनु भयो । घटनाको पार्टी केन्द्रीय कार्यालयले समेत बिज्ञप्ती निकाली भत्सना गरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जसपा पर्सामा विवाद : समानान्तर जिल्ला समिति गठन

कालिका टाईम्स

विल बिजक संकास्पद देखिएको मालवाहक ट्रक प्रहरीले राअका बझायाे

कालिका टाईम्स

सानो पाइला सहकारीका १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:189. Generation time:2.832 sec. Memory consumption:70.29 mb
Send this to a friend