KALIKATIMES.COM

गणतन्त्र दिवसको अवसरमा पर्सामा दीप प्रज्वलन

जितेन्द्र यादव /
पाेखरिया । नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ काे १ क्षेत्रिय समितिकाे आयाेजनामा साेमबार सांझ वीरगंजमा दीप प्रज्वलन गरिएकाे छ । १६ ओैँ गणतन्त्र दिवस्को अवसरमा वीरगंजकाे माइस्थान पार्कमा दीप प्रज्वलन गरिएकाे हाे ।

प्रदेश क्षेत्रिय सभापति अनिल कुमार सिंहकाे सभापतित्वमा भएकाे दीप प्रज्वलन कार्यक्रमकाे उद्घाटन प्रदेश सभा सदस्य एवम् कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले गरेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य श्याम पटेल, वीरगंज महानगरपालिकाका उप मेयर इम्तियाज आलम, मनोजा चौधरी, महमद सहाबुदीन लगायतकाले गणतन्त्रको महत्त्व दर्शाउदै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

दीप प्रज्वलन कार्यक्रममा कांग्रेसका नेता रामनारायण प्रसाद कुर्सी, ध्रुव नेपाल, दिना गुप्ता, रमेश पाण्डे, प्रकाश उपाध्याय, नेतृ किरण शर्मा, प्रिति सिंह, मिन्तु सिंह, मनोजा चौधरी लगायतकाे सहभागीता रहेकाे थियाे ।

यसैगरी पर्साकाे छिपहरमाई गाउँपालिकाकाे वडा नं. ५ भिस्वामा पनि गणतन्त्र दिवसकाे अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएकाे छ । नेवि संघ छिपहरमाई गाउँपालिकाकाे आयाेजना र नेपाली कांग्रेस पर्साका सह सचिव नविन सिंहकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जसपा पर्सामा विवाद : समानान्तर जिल्ला समिति गठन

कालिका टाईम्स

विल बिजक संकास्पद देखिएको मालवाहक ट्रक प्रहरीले राअका बझायाे

कालिका टाईम्स

सानो पाइला सहकारीका १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:189. Generation time:2.949 sec. Memory consumption:70.27 mb
Send this to a friend