KALIKATIMES.COM

नीति तथा कार्यक्रममा वीरगंज चिनी कारखानालाई छुटाइएकाेप्रति सांसद यादवकाे आपत्ति

वीरगंज । वीरगंज चिनी कारखाना सञ्चालन गर्ने विषय नीति तथा कार्यक्रममा छुटाइएकोप्रति पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादवले आपत्ती जनाएका छन् । आइतबारकाे प्रतिनीधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले सरकारले बन्द रहेका उद्योग सञ्चालन गर्ने विषय समावेश गरेपनि वीरगंज चिनी कारखानालाई छुटाएको भन्दै आपत्ती जनाए ।

मधेश प्रदेशका कृषकहरुको आशाको केन्द्र वीरगंज चिनी कारखाना सञ्चालनमा आए यहाँका जनताले रोजगारी पाउनुका साथै कृषकको उखुले बजार पाउने दावी गरे । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा समग्रमा सन्तोषजक भएपनि कार्यन्वयनमा यादवले आशंका व्यक्त गरेका छन् ।

पूर्व मन्त्रीसमेत रहेका यादले भने, ‘नीति तथा कार्यक्रम समग्रमा राम्रै छ । केही विगतकै कार्यक्रमले पनि निरन्तरता पाएका छन् भने केही थपिएका छन् । तर कार्यन्वयन हुन गाह्रो छ । यसअघिकै कार्यक्रम पनि कार्यन्वयन हुन सकेका छैनन् । यदि नीति तथा कार्यक्रम कार्यन्वयन हुन सक्यो भने देश कायापलट हुन कुनै समय लाग्दैन ।’

देशमा मन्दीले विकराल रुप लिँदै गर्दा अर्थतन्त्र सबल र सुदृढ बन्दै गएको भन्ने मनगढन्ते कुरा सरकारले बोलिरहेको यादवको टिप्पणी छ । अविश्वसनीय नीति तथा कार्यक्रमले सरकारको अर्थतन्त्रलाई सबल बनाउन नसकिने उनको ठहर छ ।

नीति तथा कार्यक्रममा ढुंगा खानीको संरक्षण गर्ने कुरा उल्लेख गर्नुलाई सकारात्मक पक्षका रुपमा लिएपनि ढुंगाको निकासी गर्ने विषयमा भने उनले असन्तुष्टी पोखे । प्राकृतिक सम्पदा निकासी हुँदा भूमण्डलीय स्वरुप खलबलिनुका साथै ढुंगा निकासीले मधेशलाई मरुभूमि बनाउने योजनाको रुपमा ल्याएको यादवको बुझाई छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्नेमा जोड दिँदै पूर्वमन्त्री यादवले कनिका छरे जसरी बजेट नराखी निर्माणका लागि लाग्ने बजेटको सुनिश्चितता गर्न आग्रह गरेका छन् ।

त्यसअघि सांसद यादवले संघियता कसैको उपहार र बक्सिसका रुपमा नआएको दावी गर्दै हजारौँ मधेशी, दलित, जनजाती, महिला लगायतको आन्दोलनको देन भएको बताए । संघियतालाई बलियो बनाउनुपर्नेमा जोड दिँदै उनले मुख्यमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी जत्तिकै पनि अधिकार नदिएको बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जसपा पर्सामा विवाद : समानान्तर जिल्ला समिति गठन

कालिका टाईम्स

विल बिजक संकास्पद देखिएको मालवाहक ट्रक प्रहरीले राअका बझायाे

कालिका टाईम्स

सानो पाइला सहकारीका १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:185. Generation time:2.600 sec. Memory consumption:69.94 mb
Send this to a friend