KALIKATIMES.COM

नेपाल-भारत सम्बन्धलाई नयाँ सिराबाट अघि बढाउनु पर्छ : मन्त्री रिजाल

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले भारत–नेपाल द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ सिराबाट अघि बढाउनु पर्ने बताएका छन् । बिहिबार वीरगंजमा आयोजित ‘भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३’ लाई सम्बोधन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन् ।

कोरोना संक्रमणले विश्वव्यापी अर्थतन्त्रलाई पारेको असरका कारण दुई मुलुकको विगतको इतिहास, सम्बन्ध र व्यापार गर्ने तरिकाहरूको मूल्याङ्कन र अध्ययन गर्न अत्यन्तै आवश्यक रहेको मन्त्री रिजालले बताए । कोरोना संक्रमणले विश्वव्यापी अर्थतन्त्रमा परेको नकारात्मक असरको बाबजुद पनि नेपाल भारत बिच भएको कारोबार डिजिटलाइजेशन सकारात्मक रहेको मन्त्री रिजालको भनाई थियो ।

दुई देशबिच विभिन्न क्षेत्रहरूमा सहयोग आदानप्रदान हुँदै आएको बताउँदै मन्त्री रिजालले नेपालमा लगानीको सबैभन्दा ठूलो स्रोत भारत रहेको उल्लेख गरे । दुई देश बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउन ‘भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३’ ले महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्री रिजालले बिश्वास व्यक्त गरे ।

सम्मेलनले ऊर्जा, पूर्वाधार, दूरसञ्चार, बैंकिङ, वित्तीय सेवा र बीमा, सूचना प्रविधि जस्ता क्षेत्रहरूमा आपसी सहयोगलाई गति दिने मन्त्री रिजालको विश्वास छ । मन्त्री रिजालले नेपालमा व्यापारको प्रक्रियालाई सरलीकरण गर्ने र दुई मुलुकहरूबीच पारस्परिक लाभ र भविष्यमा सहयोग वृद्धि गर्न प्रमुख चुनौतीहरू पहिचान गरी समाधानका उपायहरू निकाल्न सम्मेलन सफल हुने अपेक्षा गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अधुरो सडक निर्माण गराउनेतर्फ लेखा समितिको चासो

कालिका टाईम्स

पम्प बिल्डिङमा प्रहरीकाे छापा, ठूलाे परिमाणमा तस्करीकाे कपडा बरामद

कालिका टाईम्स

बारामा गोली चलाएर लागु औषध तस्कर पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:3.249 sec. Memory consumption:72.06 mb
Send this to a friend