KALIKATIMES.COM

नराम्रो सपनाजस्तो थियो सलमानको च्याप्टर : ऐश्वर्या

सलमान खान र ऐश्वर्या कुनै समय सम्बन्धमा थिए । उनीहरूको ब्रेकअपको कहानी पनि कसैबाट लुकेको छैन । सन् २००२ मा ब्रेकअपको समयमा ऐश्वर्याले सलमानमाथि निकै गम्भीर आरोप लगाएकी थिइन् ।

ऐश्वर्याका अनुसार सलमानले उनलाई शारीरिक र मानसिक दुवै खालको टर्चर दिन्थे । उनले अबको समयमा सलमानसँग कहिल्यै काम नगर्ने बताएकी पनि थिइन् । यद्यपि, सलमानले सधैँ यो कुरा खारेज गरे ।

९० को दशकको अन्त्यमा सलमान खान र ऐश्वर्या राय एक–अर्कासँग नजिकिए । फिल्म हम दिल दे चुके सनमको सेटमा यी दुईबिच निकटता बढ्यो । फिल्ममा उनीहरूको केमेस्ट्रीलाई निकै रुचाइएको थियो ।

यद्यपि, यो सम्बन्ध धेरै दिनसम्म टिक्न सकेन र यी दुई सन् २००१ मा अलग्गिए । यद्यपि, उनीहरूको ब्रेकअप सामान्य थिएन । ब्रेकअपका बेला सलमान र ऐश्वर्याबीच निकै झगडा भएको खबर आएको थियो ।

टाइम्स नाउको रिपोर्ट अनुसार सलमानसँग ब्रेकअपपछि ऐश्वर्याले खुलासा गरेकी थिइन् । 

उनले भनेकी थिइन्, ‘मेरो परिवार र मेरो आफ्नै स्वाभिमानलाई मध्यनजर गर्दै यो अति नै धेरै भयो… म अबको दिनमा कहिल्यै मिस्टर सलमान खानसँग काम गर्ने छैन । सलमानको च्याप्टर मेरो जीवनको खराब सपनाजस्तो थियो र म भगवानप्रति आभारी छु कि यो सबै समाप्त भयो ।’

रक्सीको लत र शारीरिक हिंसाका कारण तनावमा थिइन् ऐश्वर्या

ऐश्वर्याले भनेकी थिइन्, ‘सलमानको हरेक खराब बानीलाई मैले माफ गर्ने गर्थेँ । सलमानको रक्सीको लत, शारीरिक हिंसा र बेइज्जतीबाट म आजित भइसकेको थिएँ । तर पनि म उनीसँग थिए । त्यसको साटो मैले दुःख र पीडाबाहेक केही पाइनँ ।’

‘यो मामिलामा मेरो मौनतालाई गलत तरिकाले लिइयो । मेरो क्यारेक्टरमा औँला उठाइयो । यहाँसम्म कि मेरो सह–कलाकारसँगको सम्बन्ध पनि बिगार्ने कोसिस गरियो ।’

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

‘तु झुठी मैं मक्कार’ बन्याे वर्षकाे धेरै कमाउने दाेस्रो हिन्दी फिल्म

कालिका टाईम्स

अक्षय कुमारले दिए भारतीय नागरिकताका लागि आवेदन, क्यानडाको त्यागे

कालिका टाईम्स

वीरगंजमा मिस स्कार्लेटको चर्चा, चलचित्रमार्फत पर्यटन प्रबर्धन गर्नुपर्नेमा जोड

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:185. Generation time:1.811 sec. Memory consumption:70.12 mb
Send this to a friend