KALIKATIMES.COM

अफगानिस्तान भूकम्पः बाह्र जनाको मृत्यु, सयौँ घाइते

काबुल । अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मङ्गबार राति भएको ६.५ म्याग्निच्युडको भूकम्पमा १२ जनाको मृत्यु भएको छभने सयौँ घाइते भएका छन् ।

अफगानिस्तानमा दुई र पाकिस्तानमा नौ जनाले ज्यान गुमाएका सम्बद्ध सरकारी अधिकारीहरूले बताएका छन् । जनस्वास्थ्य मन्त्रालयका लागि तालिवान सरकारका प्रवक्ता शराफत जमान अमरले दुई जनाको ज्यान गएको तथा अन्य २० जना घाइते भएका जनाएका छन् ।

भूकम्पको केन्द्रबिन्दु पाकिस्तान र ताजिकिस्तानको सिमाना नजिक अवस्थित अफगानिस्तानको जुर्म शहरबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणले जनाएको छ । भारतको राजधानी नयाँदिल्लीसम्म भूकम्पको धक्का महसुस गरिएको थियो ।

उत्तरपश्चिम पाकिस्तानका विभिन्न भागमा घरका छाना खस्दा नौ जनाको मृत्यु भएको तथा अफगातिस्तानको स्वातमा एक १० वर्षीया बालिका र लोयर दिरमा एक २४ वर्षीय पुरुषकोे घरको पर्खाल भत्किँदा मृत्यु भएको छ । भूकम्पपछि दुवै देशका विभिन्न भागमा भूस्खलन भएको छ ।

भूकम्पको झट्काका कारण २० भन्दा बढी भवनमा क्षति पुगेको छ भने धेरै स्थानीय घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाका अस्पतालमा दुई सय ५० जना घाइतेको उपचार गरिएकामा १५ जनालाई सामान्य चोटपटक लागेको थियो अस्पताल प्रशासनले बताएको छ । उपचारार्थ अस्पस्ताल ल्याइएकामध्ये दुई सयभन्दा बढी बेहोस थिए । प्रान्तका अन्य भागमा ५२ जना घाइते भएका अधिकारीले बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले भूकम्पपछि देशका विपद् व्यवस्थापन अधिकारीलाई सतर्क रहन आग्रह गर्नुभएको छ । रासस

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जसपा पर्सामा विवाद : समानान्तर जिल्ला समिति गठन

कालिका टाईम्स

विल बिजक संकास्पद देखिएको मालवाहक ट्रक प्रहरीले राअका बझायाे

कालिका टाईम्स

सानो पाइला सहकारीका १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:189. Generation time:2.593 sec. Memory consumption:70.26 mb
Send this to a friend