KALIKATIMES.COM

‘तु झुठी मैं मक्कार’ बन्याे वर्षकाे धेरै कमाउने दाेस्रो हिन्दी फिल्म

बलिउड अभिनेता रणवीर कपूर र श्रद्धा कपूर अभिनीत फिल्म ‘तू झुठी मैं मक्कार’ बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ ।

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले १० दिनमा १०१ करोड ९८ लाख भारू कमाएको छ । उनले ट्विट गर्दै फिल्म सय करोड क्लबमा समावेश भएको जानकारी दिएका हुन् । 

‘तू झुठी मैं मक्कार’ यो वर्ष सय करोड कमाउने दोस्रो हिन्दी फिल्म बनेको छ । यसअघि शाहरूख खानको फिल्म ‘पठान’ ले दुई दिनमा सय करोड कमाएको थियो। 

फिल्ममा एक झुठी प्रेमिका र चलाख प्रेमीको प्रेमद्वन्द्वको कथा देखाइएको छ । उनीहरू एकअर्कालाई जालमा फसाउन संघर्षरत छन् । 

लभ रन्जनले निर्देशन गरेको फिल्ममा रणवीर र श्रद्धासँगै डिम्पल कपाडिया, बोनी कपूर, अनुभव सिंह बस्सीलगायत कलाकारको अभिनय छ । रोमान्टिक कमेडी जनराको फिल्म लभ फिल्म्स ब्यानर र टी-सिरिजको सहकार्यमा बनेको हो । 

यो फिल्मपछि रणवीर सन्दिप रेड्डी वांगाको फिल्म ‘एनिमल’ मा देखिनेछन् । फिल्ममा उनीसँगै रश्मिका मन्दनाको मुख्य भूमिका रहनेछ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

नराम्रो सपनाजस्तो थियो सलमानको च्याप्टर : ऐश्वर्या

कालिका टाईम्स

अक्षय कुमारले दिए भारतीय नागरिकताका लागि आवेदन, क्यानडाको त्यागे

कालिका टाईम्स

वीरगंजमा मिस स्कार्लेटको चर्चा, चलचित्रमार्फत पर्यटन प्रबर्धन गर्नुपर्नेमा जोड

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:1.972 sec. Memory consumption:70.48 mb