KALIKATIMES.COM

वीरगंजमा मिस स्कार्लेटको चर्चा, चलचित्रमार्फत पर्यटन प्रबर्धन गर्नुपर्नेमा जोड

वीरगंज । वीरगंजले चलचित्रमार्फत पर्यटन भित्र्याउने प्रचुर सम्भावना बोकेको कान्तिपुर फिल्म एकेडेमीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रकाश पुरीले बताएका छन् । चलचित्र पत्रकार संघ पर्साले सोमवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सिईओ पुरीले वीरगंज आर्थिक एवम् व्यापरिक नगरीसँगै कला र कलाकारको शहरसमेत भएको बताए । वीरगंज निर्देशक र मुख्य कलाकारलाई समावेश गरिएको वेब सिरिजले उनीहरुलाई अझै राम्रो अवसर प्रदान गर्नेमा उनी विश्वस्त छन् । 

वेब सिरिज ‘मिस स्कार्लेट’ को छायांकनका क्रममा वीरगंज बिताइएको दुई हप्ताको समयले यहाँको रहनसहन, चालचलनसँगै रितिरिवाज र संस्कृति केही हदसम्म बुझ्न पाइएको बताउँदै उनले ति संस्कृतीलाई चलचित्रमार्फत जगेर्ना गर्नुपर्नेमा उनले जोड दिए । 

वेब सिरिजमार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक बलिराम चौहानले भाषा र स्थानभन्दा पनि चलचित्रको कथावस्तु र गुणस्तरमा प्रतिस्पर्धा गर्ने समय भएको बताए । मिस स्कार्लेट वेब सिरिज निश्चित क्षेत्र भन्दा पनि विश्वका हरेक ठाउँका व्यक्तिले अपनत्व गर्ने दावी चौहानको छ । उनले भने, ‘यो सिरिजको कथा वस्तुले सानो बालकदेखि बृद्धसम्मको अवस्थालाई चित्रण गरेको हुँदा सबैले मन पराउनुहुन्छ भन्नेमा हाम्रो टिम ढुक्क छ ।’ थुप्रै नेपाली चलचित्रको छायांकन गरीसकेका छायांकार शेरबहादुर तामाङ्सहित दर्जनौ चलचित्रहरुमा सहायक निर्देशन गरीसकेका सुदिप कुवँर लगायतसँग काम गर्न पाउँदा गर्वान्वित महसुस भएको पनि चौहानले सुनाए । 

कार्यक्रममा चलचित्र पत्रकार संघ पर्साका सल्लाहकार निरज पिठाकोटे, सहसचिव प्रणय साह, सदस्यहरु शम्भु सुमन, रञ्जित यादव लगायतले वीरगंजमा चलचित्रको बजार र यहाँका चलचित्र हलहरुको अवस्थाका बारेमा चर्चा गरेका थिए । 

कान्तिपुर फिल्म एकेडेमीले बनाइरहेको सिरिजको तीन एपिसोडसम्मको छायांकन सोमवार सम्पन्न भएको छ । माघ २० गते वीरगंजकाे गण्डकस्थित कलार्क रिसोर्टबाट सुरु भएको छायांकन वीरगंजकाे आदर्शनगर, घण्टाघर, टाउन हल, चिकेन स्टेशन, ज्ञानदा एकेडेमी लगायतका स्थानको दृश्य सिरिजमा राखिएको फिल्म एकेडेमीले जानकारी दिएको छ । 

कार्यक्रमको सहजीकरण संघका सचिव सूर्यनारायण वि.क.ले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जसपा पर्सामा विवाद : समानान्तर जिल्ला समिति गठन

कालिका टाईम्स

विल बिजक संकास्पद देखिएको मालवाहक ट्रक प्रहरीले राअका बझायाे

कालिका टाईम्स

सानो पाइला सहकारीका १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:189. Generation time:2.618 sec. Memory consumption:70.27 mb
Send this to a friend