KALIKATIMES.COM

मधेश प्रदेश मै सबभन्दा पहिला पर्सा ४ काे मतगणना सम्पन्न

वीरगंज । मधेश प्रदेश मै सब भन्दा पहिला पर्सा क्षेत्र नं. ४ काे प्रत्यक्ष तर्फकाे मतगणना सम्पन्न भएकाे छ । पाेखरियास्थित श्री जिल्ला उच्चांगल रामदेव कलवार माविमा जारि प्रत्यक्ष तर्फकाे मतगणना मधेश प्रदेश मै सबभन्दा पहिला पर्सा क्षेत्र नं. ४ काे बुधबार विहान सम्पन्न भएकाे निर्वाचन अधिकृतकाे कार्यालय क्षेत्र नं. ४ ले जनाएकाे छ ।

साेमबार दिउसाे ५ बजेदेखि सुरु भएकाे क्षेत्र नं. ४ काे प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यकाे प्रत्यक्ष तर्फकाे मतगणना बुधबार विहान ३६ घण्टापछि सम्पन्न भएकाे हाे ।

यस क्षेत्र अन्तर्गतकाे प्रदेशसभा सदस्यहरुकाे प्रत्यक्ष तर्फकाे मतगण मंगलबार सांझ नै सम्पन्न भएकाे थियाे भने जारी प्रतिनिधिसभा सदस्यकाे प्रत्यक्ष तर्फकाे मतगणना बुधाबार विहान सम्पन्न भएकाे निर्वाचन अधिकृतकाे कार्यालय क्षेत्र नं. ४ का सुचना अधिकारी सुरेन्द्र यादवले वताए । हाल समानुपातिक तर्फकाे मतगणना जारी रहेकाे सुचना अधिकारीले जानकारी दिए ।

मधेश प्रदेश मै सब भन्दा पहिला क्षेत्रकाे प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यकाे प्रत्यक्ष तर्फकाे अन्तिम नतिजा दिन सफल भएकाे क्षेत्र नं. ४ का निर्वाचन अधिकृत रमेश श्रेष्ठले वताए । श्रेष्ठ उच्च अदालत जनकपुर अस्थाई इजलाश वीरगंजका उप रजिष्टार हुन् ।

यस क्षेत्रमा ९० हजार ८ सय ५१ मतदाता रहेपनि ६२ हजार ७ सय ७१ अर्थात ६९.४० प्रतिशत मत मात्र खसेका थियाे । यस क्षेत्रकाे प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रमेश रिजाल, प्रदेश सभा क्षेत्र नं. ४ काे १ मा कांग्रेस कै शंकर चाैधरी र क्षेत्र नं. ४ काे २ मा जसपाका सिंगासन सा कलवार विजयी भएका छन् ।

तिनै जनालाई एकै पटक समानुपातिक तर्फकाे मतगणना सम्पन्न भए पश्चात प्रमाण पत्र वितरण गरिने निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जसपा पर्सामा विवाद : समानान्तर जिल्ला समिति गठन

कालिका टाईम्स

विल बिजक संकास्पद देखिएको मालवाहक ट्रक प्रहरीले राअका बझायाे

कालिका टाईम्स

सानो पाइला सहकारीका १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:185. Generation time:2.988 sec. Memory consumption:69.92 mb
Send this to a friend