KALIKATIMES.COM

सत्तागठबन्धन निकट पर्साका युवा संगठनहरुद्वारा राष्ट्रपतिलाई ज्ञापन

वीरगंज । सत्ता गठबन्धन दल निकटका पर्साका युवा संगठनहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेको विरोधमा आपत्ती जनाउदै राष्ट्रपति विधादेवी भण्डारीको ध्यानाकर्षण गराएका छन् । शुक्रबार पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र बुझाउदै उनिहरुले राष्ट्रपति भण्डारीको ध्याानाकर्षण गराएका हुन् ।

काँग्रेस निकटको नेपाल तरुण दल, माओवादी केन्द्र निकटको वाइसियल नेपाल, जसपा निकटको समाजजवादी युवा संघ र एकीकृत समाजवादी निकटको युवा संघ नेपालले शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई ज्ञापन पत्र बुझाएका हाे ।

ज्ञापनपत्र मार्फत उनिहरुले संविधानको पूर्ण पालना र संरक्षणको लागि राष्ट्रपति भण्डारीसंग माग गरिएको युवा संघ नेपाल केन्द्रिय सदस्य पर्साका ईन्चार्ज अनिल पटेलले जानकारी दिए ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दोश्रो पटक पारित भई प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समय सिमा भित्र प्रमाणिकरण नगरेर राष्ट्रपति भण्डारीले संविधान र सवैधानिक व्यवस्था माथि नै गम्भीर रूपले प्रहार गरेको ठहर युवा संगठनहरुको छ ।

राष्ट्रपति भण्डारीको यो गैर संवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन पनि भएको भन्दै इन्चार्ज पटेलले संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, सवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मान्यता माथि नै गम्भीर प्रहार भएको युवा संगठनहरुको ठहर रहेको बताए ।

त्यसैले नागरिकताबाट बन्चित लाखौ युवा युवतीहरुको हक अधिकरको सुनिश्चित गर्न राष्ट्रपति भण्डारीले संविधानको पूर्ण पालना र संरक्षणको लागि माग गर्दै ज्ञापन पत्र बुझाइएको युवा संघ नेपालका केन्द्रीय सदस्य सञ्जु चौधरीले बताए ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा तरुण दल पर्साका सचिव विवेक चौरसीया, वाइसियल नेपालका पर्सा इन्चार्ज सन्तोष पटेल, , समाजजवादी युवा संघका पर्सा अध्यक्ष गौरव बर्मा र युवा संघ नेपालका पर्सा अध्यक्ष श्रीलाल कुशवाहा, वाइसियल पर्साका संयोजक दिपेन्द्र पटेल लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अवैध काराेबारीमा त्रास, पम्पम बिल्डिङका अधिकांस कपडा पसलका सटरहरु बन्द

कालिका टाईम्स

अधुरो सडक निर्माण गराउनेतर्फ लेखा समितिको चासो

कालिका टाईम्स

पम्प बिल्डिङमा प्रहरीकाे छापा, ठूलाे परिमाणमा तस्करीकाे कपडा बरामद

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:2.557 sec. Memory consumption:72.06 mb
Send this to a friend