KALIKATIMES.COM

रानिघाटमा रहेकाे मानव सेवा आश्रम श्रीसियामा सारिदै

वीरग‌ंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ९ रानिघाटमा रहेकाे मानव सेवा आश्रम अर्काे ठाउँमा सर्ने भएकाे छ । मानव सेवा आश्रमले बिहिबार आश्रम मै पत्रकार सम्मेलनकाे आयाेजना गरी रानिघाटस्थित रहेकाे आश्रम वीरगंज महानगरपालिका कै वडा नं. २५ श्रीसियामा सार्न लागिएकाे जानकारी गराएकाे हाे । 

मानव सेवा आश्रमकाे लागि श्रीसियामा उपल्ब भएकाे भवनमा आश्रममा रहेकाहरुलाई असाेज १० गते घटस्थापनाकाे दिन सार्न लागिएकाे मानव सेवा आश्रम वीरगंजकी सानु गुरुङले वताइन । हाल आश्रममा ५० जना रहेकाे वताउँदै रानिघाटस्थित भवनमा सेवा दिन ग्राहाे भइरहेकाेले नयाँ भवनमा सार्न लागिएकाे उनले जानकारी गराइन ।

पत्रकार सम्मेलनमा वाेल्दै गुरुङले दशै, तिहार एवं छठ पर्वको बेला अझै थप्न सकिने भएकोले सेवा सहज होस भनी रानिघाटबाट नयाँ भवन श्रीसियामा सार्न लागिएकाे वताइन ।

रानिघाटस्थित भाडाकाे भवनमा रहेकाे आश्रम निशुल्क रुपमा श्रीसिया उपल्ध भएकाे १८ काेठे सुविधा सम्पन्न भवनमा सार्न लागिएकाे मानव सेवा आश्रमका दिवेश गुप्ताले वताए । उनले यहाँ भन्दा त्याँहा प्रयाप्त, फराकिलाे र सुविधा सम्पन्न ठाउँ भएकाे सार्न लागिएकाे वताए । 

प्रदेश सभा सदस्य रमेश कुर्मीकाे संसदिय काेषबाट निर्माण भएकाे भवनमा आश्रमकाे आफ्नाे भवन नबन्नुजेल सम्मकाे लागि सार्न लागिएकाे वताइएकाे छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जसपा पर्सामा विवाद : समानान्तर जिल्ला समिति गठन

कालिका टाईम्स

विल बिजक संकास्पद देखिएको मालवाहक ट्रक प्रहरीले राअका बझायाे

कालिका टाईम्स

सानो पाइला सहकारीका १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:190. Generation time:3.237 sec. Memory consumption:70.29 mb
Send this to a friend