16.9 C
Birgunj
8 February 2025
KALIKATIMES.COM

रहबर केयरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ३१ स्थित मिलन चाैकमा रहेकाे रहबर केयर सेन्टरमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

गौतम स्कूल, माट्रीका फाउन्डेसन तथा रहबर फाउन्डेसनको संयुक्त आयोजनामा भएकाे शिविरमा आँखा रोग, स्त्री रोग, बालरोग, हाडजोर्नी लगायत अन्य रोगहरुबाट ग्रसित विरामीहरुकाे चेक जाँच भएकाे थियाे ।

शिविरमा  विभिन्न राेगका एक हजार भन्दा बढी बिरामीले आफ्नाे स्वास्थ्य परिक्षण गराएकाे रहबर केयरका जुबेर आलामले जानकारी दिए । शिविरमा गण्डक हस्पिटलका डा. संजय गुप्ता, डा. मन्जु राय लगायतका चिकित्सका तथा स्वास्थ्यकर्मीहरुले बिरामीहरुकाे स्वास्थ्य परिक्षण गरेकाे उनले वताए ।

शिविरमा बिरामीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएकाे रहबर केयरका संचालक कुन्द्रनयन अन्सारीले वताए ।

रहबर केयरका निर्देशक रहबर अन्सारीकाे अध्यक्षता र माट्रिका फाउन्डेसनका संचालक डा. किशाेर प्रधानकाे प्रमुख आतिथ्यतामा भएकाे शिविरमा गाैतम स्कुलका संचालक साेनम लामा, वीरगंज ३१ का वडाध्यक्ष जितेन्द्र यादव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

शिविरमा गाैतम स्कुलका छात्र/छात्राहरुले स्वयंसेवककाे भुमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

१२५ बर्ष पुरानो डकह्याम्सको आधिकारिक बिक्रेता वीरगंजमा

कालिका टाईम्स

छिपहरमाईकाे टिहुकीमा निशुल्क आँखा शिविर सम्पन्न, ३१५ जनाकाे चेकजाँच

कालिका टाईम्स

जनमत पार्टीकाे १४ औं आँखा शिविर सम्पन्न, हाल सम्म १७ सय लाभान्वित

कालिका टाईम्स
SQL requests:217. Generation time:3.099 sec. Memory consumption:82.71 mb