KALIKATIMES.COM

जिराभवानीमा माओवादीकाे पालिका स्तरिय भेला सम्पन्न

वीरगंज । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य  बिरेन्द्र प्रसाद यादवले देशको अहिलेको अवस्था परिवर्तनका लागि व्यावस्था परिवर्तन गरेको नेकपा माओवादी केन्द्रले नेतृत्व गर्नुपर्ने बताएका छन् ।

पार्टीको पर्सा क्षेत्र नम्बर ४ अन्तर्गत जिराभवानी गाउँपालिकाको सुपौलीमा शुक्रबार भएको पालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य यादवले नेपालको व्यावस्था परिवर्तन नेकपा माओवादी केन्द्रले नै गरेको बताउँदै अवस्था परिवर्तनका लागि अब माओवादी केन्द्रलाई नै विजयी गराउनु पर्ने बताए ।

उनले क्षेत्र नम्बर ४ मा माओवादी पार्टीमा जनलहर बढेको बताउँदै आगामी मंसिर ४ गते हुने निर्वाचनमा पार्टीलाई पर्सा जिल्ला मै पहिलो पार्टी बताउन कार्यकर्ताहरुलाई सहयोग गर्न आग्रह गरे । पार्टीका गाउँपालिका अध्यक्ष रामाकान्त चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य टेक बहादुर शाक्य, प्रदेश सदस्य सलाउदिन अहमद, नेताहरु कृष्णमोहन प्रसाद यादव, नेपाल दलित मुक्ति मोर्चा मधेस प्रदेश अध्यक्ष लवकुश बैठा, जिल्ला अध्यक्ष महेन्द्र राम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन लहवर रामले गरेका थिए भने स्वागत मन्तव्य भोला दास थारुले राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अधुरो सडक निर्माण गराउनेतर्फ लेखा समितिको चासो

कालिका टाईम्स

पम्प बिल्डिङमा प्रहरीकाे छापा, ठूलाे परिमाणमा तस्करीकाे कपडा बरामद

कालिका टाईम्स

बारामा गोली चलाएर लागु औषध तस्कर पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:195. Generation time:3.931 sec. Memory consumption:72.39 mb
Send this to a friend