14.6 C
Birgunj
18 January 2025
KALIKATIMES.COM

परवानीपुरमा थ्रिल फ्याक्ट्री नामक इन्टरटेन्मेन्ट र फन पार्क संचालन

वीरगंज । बाराकाे परवानीपुर गाउँपालिका वडा नं. ४ च‌ैनपुरस्थित थ्रिल फ्यक्ट्री नामक इन्टरटेन्मेन्ट जुन र फन पार्क संचालनमा आएकाे छ । केडिया आँखा अस्पताल र डेएभि स्कुल नजिक मेनराेड मै १० कठाकाे क्षेत्रफलमा थ्रिल फेक्ट्री संचालनमा आएकाे हाे ।

बच्चादेखि युवा सम्मकाे खेलकुद र इन्टरटेन्मेन्ट गर्ने स्थलकाे रुपमा थ्रिल फ्याक्ट्री संचालनमा ल्याइएकाे संचालक निखिल चचानले वताए । यस क्षेत्रमा इन्टरटेन्मेन्ट साधानकाे अभाव महसुस भएपछि इन्टेरटेन्मेन्ट जुन र फन पार्ककाे रुपमा संचालनमा ल्याएकाे उनले वताए ।

बुधबारदेखि संचालनमा आएकाे थ्रिल फेक्ट्रीमा १५ किसिमकाे खेलकुद तथा इन्टरटेन्मेन्टकाे साधन उपलब्ध रहेकाे संचालक चचानले जानकारी गराए । जसमा जग्गाकाे मुल्य छाडेर १० कराेड र जग्गासहित १५ कराेड भन्दा बढी लगानी लागेकाे उनले वताए ।

परवानीपुरकाे चैनपुस्थित संचालनमा आएकाे थ्रिल फ्याक्ट्री देश भर कै इन्टरटेन्मेन्ट जाेन र फन पार्क मध्ये एक ठाउँमा सब भन्दा बढी किसिमकाे खेलकुद गर्ने पहिलाे स्थल भएकाे संचालक चचानले दाबी समेत गरे ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भारतबाट ल्याइएका ब्रोइलर कुखुरा नष्ट

कालिका टाईम्स

अवैध रुपमा बालुवा उत्खनन् गर्ने २ वटा ट्याक्टर र चालक नियन्त्रणमा

कालिका टाईम्स

प्रहरीद्वारा सात कट्ठा गाँजा फडानी

कालिका टाईम्स
SQL requests:220. Generation time:4.023 sec. Memory consumption:81.78 mb