परवानीपुर । राजनीतिबाट एउटा अलग नै पहिचान बनाउन सफल भएका वीरगंजका चर्चित युवा तथा नेकपा (माओवादी केन्द्रका) केन्द्रिय सदस्य रहबर अन्सारी यतिबेला निकै चर्चामा देखिएका छन । त्यो चर्चाको बिषय भनेको उनले सञ्चालन गरेका निःशुल्क “रहबर केयर फिजियो थेरापी“ हाे ।
वीरगंज महानगरपालिकाकाे वडा नं. १४ बहुअरीमा संचालित रहबर केयर फिजीयो थेरापी जुन निःशुल्क रूपमा आम नागरिकलाई ५ दिनदेखि सेवा दिदै आएको छ । रहबर फाउन्डेसनबाट संचालित कोरियन प्रविधि र पद्धतिबाट गरिने निःशुल्क थर्मल थेरापी सेवाबाट दिनहु १५० भन्दा बढीले निरन्तर सेवा लिईरहेका छन ।
खासगरी मृगौला सम्बन्धी समस्या, हातखुट्टा, कम्मरको दुखाइ, मुटु सम्बन्धी समस्या, पायल्स, ग्यास्टिक, कब्जियत, थाइराइड, प्यारालाइसिस, निन्द्रा नलाग्ने, निमोनिया आदि रोग भएका बिरामीहरूलाई रहबर केयरले निःशुल्क रूपमा फीजियो थेरापीको मदतले उपचार गर्दै छ ।
यो सेवा वडा नं. १४ बहुअरी र वडा नं ३१ मिलन चोकमा बिगत दुइ महिनादेखि गरी दुई ठाउँमा सञ्चालनमा रहेको फाउन्डेसनका प्रदीप श्रेष्ठले जानकारी दिए । उनले वडा नं. १४ बहुअरी टोलमा पर्सा र बाराका स्थानीयहरूले निरन्तर रूपमा सेवा लिइरहेको र सेवा गर्न अवसर पाएकोमा फाउन्डेसनका संचालक रहबर अन्सारी अति नै खुसि बयक्त गरे । साथै उनले मेरो चाहना नै यहि थियो भन्ने कुरा बताए ।
युवा नेता अन्सारी राजनीतिको साथ साथै सामाजिक कार्यमा पनि निरन्तर साथ र सहयोग गर्दै आएका छन । सेवाको भावनाले नै यो कार्यको आरम्भ गरिएको फाउन्डेसनले जनाएकाे छ । यती बेला देशभर प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारी पनि सुरु भइसकेको छ । विगतमा स्थानीय र प्रदेश सभाको निर्वाचनमा माओवादी पार्टीबाट टिकट लिई चुनाव लडेका युवा नेता रहबर यसपालि प्रदेश सभाको र्निवाचनमा गठबन्धनबाट चुनाव लडने तयारीमा छन ।
आम जन समुदायमा र खासगरी युवा वर्गमा आफ्नो छाप बनाउन सफल भएका नेता रहबरलाई प्रदेश सभाको टिकट निश्चित जस्तै रहेकाे वताइन्छ । यदि नेता अन्सारी साच्चिकै प्रदेश सभाको निर्वाचनमा भाग लिने हो भने यसपाली राम्रो रिजल्ट ल्याउन सक्ने राजनीतिक जानकारहरु बताउँछन । यसका लागि नेता रहबर आफ्नो क्षेत्रमा चुनावको तयारी समेत सुरु गरिसकेका छन ।