KALIKATIMES.COM

वीरगंजमा पुन: एक सहकारीले बचतकर्ताको करोडौं रकम लिएर फरार

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १ छपकैया बहि पुलस्थित रहेको मानव समाज बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको करोडौं रुपैया लिएर फरार भएका छन् । संस्थाका अध्यक्ष वीरगंज महानगरपालिका वडा नम्बर १ सिसोबारी छपकैया निवासी मुन्ना पटेल लगायत संस्थाका पदाधिकारीहरुले आफुहरुले जम्मा गरेकाे करिब १ करोड रुपैया भन्दा बढी रकम लिएर फरार भएकाे बचतकर्ताले वताएका छन् ।

संस्थाका संचालक समितिका सम्पूर्ण पदाधिकारीहरु पनि सम्पर्कमा छैनन्, स्थानिय बचतकर्ता अलि हुसैनले भने, ‘”संस्थाका अध्यक्ष पटेल लगायत अन्य पदाधिकारीहरु विगत ६ दिनदेखि सम्पर्क विहिन रहेका छन् । नत उनीहरुको फोन नै लागेको छ, सोसल मिडियामा अनलाईन रहेपनि सम्पर्क हुन सकेको छैन ।”

आफू संस्थामा जम्मा गरेको २ लाख २५ हजार रुपैया झिक्न जाँदा विगत ६ दिन सहकारी संस्थाको कार्यालयमा ताल्चा लगाईएको पाएपछि सहकारी भागेको शंका लागेको थियो । पटेलको मोबाईल नम्बर ९८०७१४५८७९ मा सम्पर्क गर्दा अहिले पनि स्वीच अफ छ । संस्थाका सयौं सदस्यहरुले गरेको नियमित बचत र फिक्स डिपोजिटको करिब १ करोड भन्दा बढी जम्मा भएको रकम लिएर सम्पर्क विहिन भएको उनले बताए ।

साेमबार बिहान अध्यक्ष पटेलको घर घेराउ गर्न जाँदा उनका पिता रघुनाथ राउत कुर्मीले आफूसंग मुन्ना सम्पर्कमा नरहेको जनाएका छन । उल्टै आक्राशित हुदै मुन्नाका पिता कुर्मीले आफूलाई सोधेर रकम जम्मा गरेको हो ? भन्ने बचतकर्ता संग प्रश्न गर्दै मेरो सम्पर्कमा मुन्ना नरहेको बताएका थिए ।

पिडित बचतकर्ताहरुले सहकारी संस्था विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने तयारी गरेका छन । बचतकर्ता हुसैनले भने, ‘परिवारले समेत मुन्ना बारे जानकारी नगराएपनि आफूहरु उनी सहित संस्थाका पदाधिकारी विरुद्ध उजुरी दिने तयारी गरेका छौ ।’

बचतकर्ता रकम झिक्न जाँदा निरन्तर ४/५ दिन सम्म सहकारी संस्था बन्द रहेको देखेपछि सहकारी संस्था फरार भएको शंका गरिएका थिए । खोजिनिती गर्दै जाँदा सहकारी संस्थाका अध्यक्ष पटेलसहित संस्थाका अन्य पदाधिकारी समेत सम्पर्क विहिन भएपछि सहकारी संस्थाले करोडौ लिएर फरार भएको स्थानियलाई शंका लागेको छ ।

सहकारी संस्थामा दैनिक ज्यालादारी गर्ने, ठेला रिक्सा चलाउने देखि लिएर तरकारी बेच्ने लगातयका करिब जनताले दैनिक एक सय रुपैया भन्दा बढी जम्मा गर्ने गरेका छन । तर सहकारी संस्था फरार भएपछि उनीहरु विचल्लीमा परेका छन । कसैले आफनो छोरीको विवाह गर्नलाई समेत दैनिक ज्यालादारी गरेर बचत गर्ने गरेका थिए ।

वीरगंजमा हाल आधादर्जन भन्दा बढी सहकारी संस्थाहरुले पर्सेली जनताको करोडौ रुपैया लिएर फरार भएपनि एक दुई जना बाहेकलाई प्रहरीले अहिले सम्म पक्राउ गर्न सकेको छैन । अव्यवस्थित र अनियन्त्रित सहकारी संस्थालाई नियन्त्रण गर्न गठित सहकारी संस्थाका छाता संगठनले पनि यसलाई नियन्त्रण गर्ने काम गरेको छैन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जसपा पर्सामा विवाद : समानान्तर जिल्ला समिति गठन

कालिका टाईम्स

विल बिजक संकास्पद देखिएको मालवाहक ट्रक प्रहरीले राअका बझायाे

कालिका टाईम्स

सानो पाइला सहकारीका १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:187. Generation time:2.886 sec. Memory consumption:70.04 mb
Send this to a friend