KALIKATIMES.COM

विवाहको ६ वर्षपछि आमा बन्दै बिपाशा बसु

बिपाशा बसु र करण सिंह ग्रोवरले हालै आफ्नो गर्भावस्थाबारे जानकारी दिएका छन् । यो जोडीले सोसल मिडियामा फोटो सेयर गरेर खुसीको खबर साटेका हुन् । बिपाशा र करण विवाह गरेको ६ वर्ष पछि आमाबुवा बन्दैछन् ।

बिपाशाले आफू गर्भवती भएको खबर सार्वजनिक गर्न फोटोको सहारा लिएकी छिन् र उनको बच्चा चाँडै नै यो धर्तीमा आउन लागेको पनि बताएकी छिन् ।

यो जोडीले म्याटरनिटी फोटोसुटको फोटो सेयर गर्दै क्याप्सन लेखे, ‘एक नयाँ समय, एक नयाँ चरण, एक नयाँ प्रकाशले हाम्रो जीवनमा अर्को छहारी थप्दैछ । हाम्रो जीवन र परिवार पूरा हुँदैछ । हामीले यो जीवनको सुरुवात एक्लै गरेका थियौँ र त्यसपछि हामीले एक–अर्कालाई भेट्यौँ । त्यसपछि हामी दुईजना मात्रै थियौँ । दुई व्यक्तिबीच यति धेरै प्रेम हामीलाई ठिक लागेन त्यसैले जो दुई थिए छिट्टै नै तीन हुँदैछन् ।’

थपेकी छिन्, ‘हाम्रो प्रेमको निशानी, हाम्रो बच्चा हाम्रो जीवन र खुसीमा समावेश हुँदैछ । तपाईंहरु सबैको प्रेम र प्रार्थनाका लागि धन्यवाद । तपाईंहरुको शुभकामना सधैँ हाम्रो जीवनको हिस्सा थियो र रहनेछ । ’

बिपाशा र करणले सन् २०१६ को अप्रिल ३० मा विवाह गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

नराम्रो सपनाजस्तो थियो सलमानको च्याप्टर : ऐश्वर्या

कालिका टाईम्स

‘तु झुठी मैं मक्कार’ बन्याे वर्षकाे धेरै कमाउने दाेस्रो हिन्दी फिल्म

कालिका टाईम्स

अक्षय कुमारले दिए भारतीय नागरिकताका लागि आवेदन, क्यानडाको त्यागे

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:189. Generation time:1.930 sec. Memory consumption:70.46 mb
Send this to a friend