KALIKATIMES.COM

सलमान खानको नयाँ फिल्ममा १० जना नायिका

आजकाल सलमान खानको प्रोजेक्टको कास्टिङको विषयमा थुप्रै जानकारी सार्वजनिक भइरहेका छन् । हालै ‘कभी ईद कभी दिवाली’ को कास्टिङ टाइमलाइनबारे नयाँ अपडेट दिइएको थियो । अब नायकको फिल्म नो इन्ट्री टु को कास्टिङमा पनि धेरै नै ट्विस्ट देखिएको छ । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार फिल्ममा साउथका शीर्ष नायिकाले स्थान पाउने छन् ।

नो इन्ट्रीमा कसको हुनेछ इन्ट्री ?

सलमान खानको फिल्म ‘नो इन्ट्री टु’ मा साउथका नायिकाको मुख्य भूमिका हुने बताइएको छ । टाइगर थ्रीपछि सलमान खान फिल्म नो इन्ट्री टुको सुटिङ गर्ने स्रोतले बताएको छ । बलिउड लाइफले आफ्नो रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै जानकारी दिएको छ – साउथका ठूला नाम – जस्तै रश्मिका मन्दाना, समान्था रुथ प्रभु, पूजा हेगडे, तमन्ना भाटिया नो इन्ट्रिको सिक्वलका लागि शीर्ष स्थानमा छन् । फिल्ममा १० नायिका हुनेछन् । साउथका अभिनेत्रीहरुलाई फिल्ममा महत्वपूर्ण भूमिका प्रदान गरिने चर्चा छ ।’

साउथकी नायिका रश्मिका मन्दाना पुष्पा फिल्मपछि धेरै नै चर्चामा आएकी हुन् । उनी मिशन मजनू र गुडबायमा काम गरिरहेकी छिन् । समान्थाको गीत ओ ओ अन्ताभा हाल असाध्यै चर्चित बनेको छ । उनी फेमिली म्यान टु मा पनि देखिएकी थिइन् । पूजा हेगडे र तमन्ना भाटिया त धेरैजसो चर्चित साउथ फिल्ममा देखिन्छन् । अब साउथकी यी चर्चित नायिकामध्ये सलमान खानको फिल्मका लागि को फाइनल हुन्छन्, त्यो भने केही समय पछि मात्रै थाहा पाइने भारतीय सञ्चार माध्यमले बताएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजका र्‍यापर महमद अफताबकाे गीत दर्शक मन पराउँदै

कालिका टाईम्स

रणवीर कपूरको ‘एनिमल’ ले तोड्यो ‘जवान’ को रेकर्ड

कालिका टाईम्स

रणवीर कपूरको ‘एनिमल’ को अग्रिम टिकट बुकिङ आक्रमक

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:189. Generation time:2.070 sec. Memory consumption:70.46 mb
Send this to a friend