KALIKATIMES.COM

अक्षय र मानुषी अभिनित ‘पृथ्वीराज’को ट्रेलर रिलिज

दिल्लीलाई कसले कब्जा गर्ला ?


ऐतिहासिक कथावस्तुमा आधारित अक्षय कुमार स्टारर बलिउड फिल्म ‘पृथ्वीराज’को ट्रेलर रिलिज भएको छ । झण्डै तीन मिनेट लामो ट्रेलर स्टाइल, देशभक्ति र बहादुरीको भावनाले ओतप्रोत छ ।

यशराज ब्यानरमा निर्माण भएको फिल्मको ट्रेलरमा भव्यता र कलालाई पोतिएको छ । अक्षय पृथ्वीराज चौहान नामक पात्रको भूमिकामा प्रस्तुत भएका छन् । सञ्जय दत्त र सोनु सुद पनि फिल्ममा मुख्य भूमिकामा छन् ।

चौहानकी पत्नी सान्योगिताको भूमिकामा पूर्वविश्व सुन्दरी समेत रहेकी मानुसी छिल्लर देखिएकी छन् । चन्द बर्दाइको चर्चित कविता पृथ्वीराज रासोमा फिल्म आधारित छ । फिल्मलाई चन्द्रप्रकाश द्विवेदीले लेखन तथा निर्देशन गरेका हुन् ।

ट्रेलरमा अहिलेको भारतीय राजधानी दिल्लीलाई कब्जा गर्न भएको लडाइँलाई चित्रण गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजका र्‍यापर महमद अफताबकाे गीत दर्शक मन पराउँदै

कालिका टाईम्स

रणवीर कपूरको ‘एनिमल’ ले तोड्यो ‘जवान’ को रेकर्ड

कालिका टाईम्स

रणवीर कपूरको ‘एनिमल’ को अग्रिम टिकट बुकिङ आक्रमक

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:186. Generation time:1.903 sec. Memory consumption:70.16 mb
Send this to a friend