KALIKATIMES.COM
बिचार/अन्तरबार्ता

वीरगंजसंग घात, क-कसको साथ ?

 – प्रमाेद जयसवाल (पर्सा)
मधेस आन्दोलन सफल बनाउन ठूलो योगदान र वलिदान गरेको “बिरगंज” क्षेत्रको बासिन्दाको नाताले दु:खी छु ।
 
आन्दोलनको बलमा सिहदरवारलाई घुडा टेकाउन बाध्य पार्न सफल भए पनि ७ प्रदेशको संरचना सहितको संघीयताको घोषणा गर्ने दिन नै हामीलाइ काङ्रेस-एमाले-माओवादीले आफ्नो पुरानै गिद्ध दृष्टिको सिकार बनाएका थिए । संविधानमा मधेसको पनि स्वभिमान र अधिकारको माग राख्दै आन्दोलनमा होमिएर रगतले लत्पतिएको “मधेस” आफ्ना सपूतहरुको “चित्ता” जलाउदै गर्दा षडयन्त्रपुर्वक लादिएको संविधानका केही प्रावधानले देशको लगभग आधा जनसंख्या र २२ जिल्ला ओगटेको “मधेस” लाई केवल ८ जिल्लामा खुम्च्याउन सफल भएको थियो। ८ जिल्ला बाहेक बाकी १४ जिल्लालाइ “ओलियन केक” को सानो टुक्रा झै एक एक टुक्रा ४ वटा प्रदेशलाइ “भारत संगको बाटो” भनेर नजरना (उपहार) टक्रयाए नश्लवादीहरुले ।
 
काठमाडौले पनि मोदी ढोग्न सिधै खोजेको बाटो बिरगंजको नाकामा धक्केलिएर पुगेका हामी “कालोवर्णधारी” अ-नागरिकहरुले सफल हुन नदिए पछि भविष्यमा भए पनि बाटो लिन ८ वटा प्रदेशमा खुम्चिन पुगेको मधेसलाइ भविष्यमा फेरि टुक्राउन उसको दुरदर्शि भिजन अनुसार निम्न षड्यन्त्र गर्यो:
 
१. उसलाई घुडा टेकाउन बाध्य पार्ने बिरगंजलाई तत्कालिन प्रदेश २ को अन्तिम पश्चिमी जिल्ला बनायो, जसले बिरगंजलाई राजधानी मान्न ८ मध्ये कम्तिमा ५ जिल्ला तयार हुने छैन्न भने उसको आकलन थियो ।
 
२. कम्तिमा पर्सा-बारा- रौटहटलाई आक्रोशित बनाउन सके फेरि टुक्राउन र हालको बागमती संग जोड्न सकिन्छ भनेर जनकपुरलाई अस्थायी राजधानी तोक्यो किनकि पछि जे गरे पनि बिरगंजको पक्षमा दुई तिहाइ पुग्न सक्दैन र राजधानी बिरगंज नहुदा यहाँका जनता आफ्नै प्रदेश भित्र आन्दोलित हुन गएमा पश्चिमका ३-४ जिल्लालाइ बागमतीमा गाभ्न र बाकीलाई प्रदेश न. १ मा गाभ्न सहज हुनेछ भने उसको ठ्म्याइ रहयो । यसको लागि प्रदेश २ ( आज देखि मधेस प्रदेश) मा मधेसी दलको सरकार बन्ने बितिक्कै काङ्ग्रेस-एमालेले आफ्ना सांसद लगाएर महिनौ बिरगंज घण्टाघरमा आन्दोलन/ अनसन गराइ आफैले अस्थायी घोषणा गरेको जनकपुर राजधानी को बिरोधको नाटक देखाउदै बिरगंज राजधानीको जाली नाटक देखायो। आज पनि निरन्तर देखाउदै छ ।
 
३. बिरगंजलाई “ललिपप” देखाउन बिरगंज नजिक- बारा संग सिमा जोडिएको हेटौडालाइ प्रदेश ३ (बागमती) को राजधानी बनायो।
४. बिरगंज त बोर्डरसंग जोडिएको, एक छेउमा मात्र रहेको जिल्ला भनेर तर्क गर्नेहरुको कुरो पनि यहाँको जनताले नप्त्याउन भनेर प्रदेश १ को राजधानी बिराटनगर बनायो। जसले कम्तिमा सप्तरी-सिराहाले आफ्नो नजिक सम्झुन र उतै जाम-जाम बनाउन सहज होस ठान्यो ।
 
५. जे गरे जनता आन्दोलित भएन भने पर्साको “ठोरी” उचाल्ने र चितवनसंग जोडी “बागमती- मोदी मिलन मार्ग” को षडयन्त्रमुलुक मुद्दाको बिजारोपण गर्यो ।
 
६. उसैले बनाएको ८ जिल्लाको प्रदेश २ संग ओली नेतृत्वको सरकारले दिन्हु जुहारी खेल्दै असफल बनाउन पुरै असहयोग गर्यो र “काठमाडौ सरकार vs मधेस सरकार” बिचको टक्करावको अवस्था बनाइ रहयो, यो प्रदेशलाइ आफ्नो कहिले ठानेन ।
 
७. यी सबै षडयन्त्रले “संघीयता नै घाँडो” भनेर जनतालाइ महशुस गराइ काठमाडौ केन्द्रित शासनमा फेरि फर्काउदै संघीयता समाप्त गर्ने नै उसको Long-term Vision हो ।
 
प्रदेश २ मा मधेसी दलको सरकार बने पछि उसका अगुवाहरुले पनि बिरगंजको योगदान भन्दा नजिकै को दोकान (आफ्नो घर नजिक राजधानी) लाई प्राथमिकता दिन थाले र काङ्ग्रेस- कम्युनिस्टले बनाएको जालोलाई नै सुरक्षित घर सम्झन थाले। हुन त उसले चाहेर पनि दुई तिहाइ पुर्याउन र अर्को स्थायी राजधानी बनाउन सक्ने कुनै आधार नै बाकी थिएन तर मधेसमा उसको मुद्दा अझै बलियो बनाउन र काङ्ग्रेस- कम्युनिस्ट मुक्त मधेस बनाउन धेरै अवसर उ संग थियो जसको प्रयोग उसले गर्न सकेन। जस्तै:
 
१. साझा राजधानीको अवधारणा: हुलाकी राजमार्ग संचालनमा आए बढीमा ३ घण्टा भित्र तय गर्न सकिने मधेस प्रदेशको दुरीको फाइदा उठाउदै एउटा जिल्लामा न्यायपालिका, अर्कोमा ब्यवस्थापिका र तेर्स्रोमा कार्यपालिकाको मुख्यालय बनाउदै बाकी ५ जिल्लामा कम्तिमा १-१ महत्व्पुर्ण मन्त्रालय सहितको साझा राजधानीको अवधारणा ल्याइ पारित गराउन सक्द्थ्यो ।
 
२. मधेसलाइ निति, नियत र व्यवहारले सधै “दास” देख्ने काठमाडौलाई उचित जवाफ दिन मधेसमा बसोबास गरेका पहाडीमुलका नागरिकलाइ उनीहरुको स्वभिमान, पहिचान र अवसरको प्रत्याभुती गराउदै बिश्वासमा लिइ मधेसको मुद्दालाई अझै बलियो र लोकप्रिय बनाउन सक्दथ्यो ।
 
३. ८ जिल्ला भन्दा बाहिर पर्न गएको मधेसलाइ हामी जोड्ने छौ भने कुरा आफ्नो नीति र व्यवहारबाट देखाइ आश्वस्त पार्न सक्द्थ्यो।
गर्न सकिने कुरा गर्न अझै पहल प्रयत्न गर्ने र संघियतालाइ बलियो बनाउन केही त्याग, खबरदारी र पहरादारी गर्दै २२ वटै जिल्ला जोड्ने रणनिती सहित सशक्त अभियानको थालनी गरियो भने “बिरगंजको बिगुल” ले भविष्यमा समग्र मधेसलाइ तान्न सक्ने झिनो संभावना अझै पनि छ ।
( मेरो नितान्त व्यक्तिगत बिचार, सहमती- असहमती राख्न पाइने तपाईको अधिकार ।)
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बालबालिकाको सन्दर्भमा सकारात्मक अनुशासन

कालिका टाईम्स

कानुनी राज्यमा राष्ट्रपतिको मनपरितन्त्र र विभाजित नेपाली समाज

कालिका टाईम्स

नयाँ युगको दुई बर्ष र धारा ३७० को खारेजीले सबै उत्साहित

कालिका टाईम्स
Comments
Share via
SQL requests:182. Generation time:0.897 sec. Memory consumption:67.07 mb
Send this to a friend