16.9 C
Birgunj
8 February 2025
KALIKATIMES.COM

निःशुल्क आँखाको शल्यक्रियामा महानगर प्रमुखको सहयोग

वीरगंज । वीरगंज माहानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वडा नम्बर २५ का आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया गराईदिएका छन् ।

महानगरपालिकाको लोककल्याणकारी योजना अन्तर्गत वीरगंज माहानगर र माट्रिका आइ फाउन्डेसनको संयुक्त आयोजनामा आईतबार वडा नम्बर २५ का वृद्धवृद्धाहरुलाई माट्रिका आइ फाउन्डेसनको सहयोगमा राखिएको निशुल्क आँखा शिबिरमा पहिचान गरिएका मोतियाविन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया शुरु गरिएको हो ।

यस अभियान अन्तर्गत माहानगर भरिका सम्पुर्ण ३२ वटै वडाका मोतियाबिन्दु झण्डै दुईहजार पाँचसय जना ब्यक्तिहरुको आँखाको निःशुल्क शल्यक्रिया गरिने महानगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिए ।

उनले यसअघि पनि मेयर कल्याणकारी कोषबाट झण्डै एकहजार जनाको निःशुल्क आँखाको उपचार गराईदिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

१२५ बर्ष पुरानो डकह्याम्सको आधिकारिक बिक्रेता वीरगंजमा

कालिका टाईम्स

छिपहरमाईकाे टिहुकीमा निशुल्क आँखा शिविर सम्पन्न, ३१५ जनाकाे चेकजाँच

कालिका टाईम्स

जनमत पार्टीकाे १४ औं आँखा शिविर सम्पन्न, हाल सम्म १७ सय लाभान्वित

कालिका टाईम्स
SQL requests:217. Generation time:3.661 sec. Memory consumption:82.71 mb