वीरगंज । राष्ट्रिय दलित पत्रकार संघ पर्साले आफ्नाे कार्यालय संचालनमा ल्याएकाे छ । वीरगंज ८, पानीटंकीस्थित विपिसी क्लेज नजिक संचालनमा ल्याएकाे कार्यालयकाे उद्घाटन बुधबार एक कार्यक्रमकाे बिच प्रदेश सभा सदस्य एवम् नेकपा (एकीकृत समाजवादीका) संसदिय दलका सचेतक सुन्दर विश्वकर्माले गरेका हुन् ।
कार्यालय उद्घाटन गर्दै सचेतक विश्वकर्माले राजतन्त्र भन्दा जाततन्त्रबाट बढी खत्रा भएकाे वताए । उनले राजतन्त्र खतम भए पनि जाततन्त्रखतम नभएको वताए । जाततन्त्रकाे पिडित दलितले चाहेर मात्र खतम नहुने बताउँदै उनले सबैले मिलेर खतम गर्नु पर्ने धारणा राखे ।
उनले भने “जातिय पर्थाले कसैलाई फाईदा हुँदैन, याे रहेसम्म देश पनि विकास गर्न सक्दैन । त्यसैले यो सबैको सरोकारको विष्य हुनुपर्छ ।” दलित शब्द नै हटाउनु पर्ने धारणाको शन्दर्भमा बोल्दै सचेक विश्वकर्माले जातिय विभेद अन्त भएपछी दलित शब्द हटेर जाने वताए ।दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवानकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेल, वीरगंज उद्याेग वाणिज्य संघका अध्यक्ष सुवाेध गुप्ता, नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगाेपाल थापा, नेकपा (माओवादी केन्द्र)का वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, जसपा पर्साका सचिव तबरेज अहमद, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य केशी लामिक्षाने, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य एवम् दलित पत्रकार संघका सल्लाहकार बृजलाल पासवान, दलित अगुवा एवम् दलित आयाेगका पूर्व सदस्य गया हाजारा पासवान लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन दलित पत्रकार संघ पर्साका सचिव सुर्यनारायण विकले गरेका थिए ।