KALIKATIMES.COM

बङ्गलादेशमा विद्यार्थीको हत्या आरोपमा संलग्न रहेको २० जनालाई मृत्युदण्ड

 बङ्गलादेशमा विद्यार्थीकाे हत्यामा संलग्न रहेको आरोपमा २० जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । २१ वर्षीय अब्रार फहादको हत्याको आरोपमा २० जनालाई मृत्युदण्ड र पाँच जनालाई आजीवन कारावासको सजाय सुनाइएको वकिल अब्दुल्लाह अबुले बताउनुभएको छ ।

सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका विद्यार्थी फहादको सन् २०१९ मा हत्या भएको थियो । उनको हत्या आरोपमा बङ्गलादेशले आज २० जनालाई मृत्युदण्डको सजाय सुनाएको सरकारी वकिललाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । 

‘अदालतकाे फैसलाबाट म खुसी छु’, फैसलापछि अदालतबाहिर पत्रकारसँग फहादका बुबा बरकाट उल्लाहले भन्नुभयाे, ‘दाेषीहरूले सजाय छिट्टै पाउनेमा विश्वस्त छु ।’ 

मृत्युदण्डकाे सजाय सुनाइएकामा विश्वविद्यालयमा इन्जिनियरिङ र टेक्नाेलाेजी पढ्ने २० देखि २२ उमेर समूहका रहेका छन् । हत्या गरिएका फहाद पनि उनीहरूसँगै पढ्दै आएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरियामा टि२० पाँचौ मेयर कप सुरु, पहिलो खेलमा बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

पाेखरियामा टि २० पांचाै मेयर कप सुरु, बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

गोली चलाएर एक करोड फिरौती माग्ने ३ जना पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:185. Generation time:2.362 sec. Memory consumption:70 mb
Send this to a friend