20 March 2025
KALIKATIMES.COM

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा खुला गर्ने घोषणा : डिसेम्बर १ देखि प्रवेश अनुमति दिइने

एजेन्सी ।  अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा खुला गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले आज पत्रकार सम्मेलन गर्दै डिसेम्बर १ देखि अन्तर्राष्ट्रिय विद्यार्थीसहित दक्ष कामदारलाई प्रवेश अनुमति दिइने जनाए ।.

त्यहाँका ८५ प्रतिशत जनसंख्याले कोभिड-१९ विरुद्धको खोप लगाइसकेपछि सरकारले यस्तो निर्णय लिएको हो । विदेशीको लागि सीमा खुला गर्ने निर्णयसँगै झन्डै २ लाख भिसावाहक विदेशी तत्कालै अष्ट्रेलियामा भित्रिने अपेक्षा गरिएको छ ।

डिसेम्बर १ देखि पूर्णमात्रा खोप लगाएका र दक्ष कामदारसहितका विद्यार्थीले प्रवेश पाउने जनाइएको छ । तर, अष्ट्रेलिया जाने विद्यार्थीले क्वारेन्टिन बस्नुपर्छ वा पर्दैन भन्ने निर्णय चाहिँ सम्बन्धित राज्य सरकारले गर्ने भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवादका कारण ठाकुर रामकाे मतगणना स्थगित, क्याम्पस प्रशासनले धाधली गरेकाे भन्दै विराेध प्रदर्शन

कालिका टाईम्स

पर्सामा पहिलाे दिन अंग्रेजी विषयकाे एसईई परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

कालिका टाईम्स

ठाकुर राम स्ववियु निर्वाचनकाे मतगणना जारी, राज कुमार यादव अगाडी

कालिका टाईम्स
SQL requests:219. Generation time:8.386 sec. Memory consumption:82.73 mb