एजेन्सी । भारतको केन्द्र सरकारले अक्सिजनको बढ्दो माग सम्बोधन गर्न ओ टू परियोजना सुरु गरेको छ । भारत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकारको कार्यालयले सरोकारवालाहरूलाई देशमा बढ्दो अक्सिजनको माग सम्बोधनका लागि सहायता प्रदान गर्न यस परियोजनाको शुरूआत गरेको जनाएको छ ।
अक्सिजनको एक राष्ट्रिय संघका अनुसार महत्वपूर्ण कच्चा पदार्थको आपूर्तिलाई सक्षम बनाउँदै कोभिड–१९ को महामारीको दोस्रो लहरले मेडिकल अक्सिजनको आवश्यकता र मागमा अचानक वृद्धि भएको छ । आइतवार प्रकाशित आधिकारिक प्रेस विज्ञप्तिमा यस पहलका विभिन्न पक्षका बारेमा विस्तृत विवरण प्रस्तुत गरिएको छ । भारतको ओ टू परियोजना अन्तर्गत, अक्सिजनको एक राष्ट्रिय संघले जियोलाइट्स, सानो अक्सिजन प्लान्ट स्थापना, निर्माण कम्प्रेसर, अन्तिम उत्पादन अर्थात्, अक्सिजन प्लान्टहरू, कन्सन्ट्रेटर, र भेन्टिलेटरहरु जस्ता निर्माणका लागि आवश्यक महत्वपूर्ण कच्चा पदार्थहरूको राष्ट्रिय स्तरको आपूर्तिलाई सक्षम बनाउँदैछ ।
भारत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकारको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार संघले अल्पकालिन राहत प्रदान गर्ने मात्र नभएर दीर्घकालीन रुपमा पारिस्थितिक प्रणाली सुदृढीकरणका लागि पनि काम गरिरहेको छ । विज्ञप्तिका अनुसार विशेषज्ञ को एक समितिले भारत स्थित निर्माता, स्टार्टअप र एमएसएमई बाट प्राप्त अक्सिजन प्लान्ट, कन्सन्ट्रेटर र भेन्टिलेटर जस्ता उपकरण को मूल्याङ्कन गरिरहेको छ ।
निर्माण र आपूर्ति संघमा भारत इलेक्ट्रोनिक्स लिमिटेड (बीईएलस), टाटा परामर्श इन्जिनियर्स (टीसीई) सी–क्याम्प, बैंग्लोर आईआईटी कानपुर,आईआईटी दिल्ली (आईआईटी–डी), आईआईटी बम्बइ (आईआईटी–बी), आईआईटी हैदराबाद (आईआईटी–एच); आईआईएसईआर ,भोपाल,भेन्चर सेन्टर, पुणे र ४० भन्दा बढी एमएसएमई समावेश छन् । यस संघले यूएसएआइडी, एडवर्ड्स लाइफ साइन्स फाउन्डेसन र क्लाइमेट वर्क्स फाउन्डेसन जस्ता संस्थाहरूबाट सीएसआर र परोपकारी अनुदानहरू प्राप्त गर्न थालेको छ ।
होप फाउन्डेसन, अमेरिकन भारतीय फाउन्डेसन, वालमार्ट, हिताची, बीएनपी परिबास र इनफोकसिप्सले संघलाई उचित सहयोग प्रदान गर्न र सीएसआर प्रयास स्वरुप वीपीएसएरपीएसए प्लान्ट खरिद गर्दैछन् ।
आधिकारिक विज्ञप्ति अनुसार एनएमडीसी लिमिटेडले संघका निर्माताका लागि जियोलाइट जस्ता कच्चा पदार्थ खरीद का लागि अनुदान दिन सहमति जनाएको छ । –साभार ः इण्डिया न्यूज नेटवर्क